
काठमाडौं, कार्तिक २८ – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो सम्पत्ति विवरण बुझाइसकेका छन् भने तीन जना मन्त्री अझै बाँकी छन्।
प्रधानमन्त्री कार्कीले पहिलो चरणमा तीन मन्त्री नियुक्त गरेकी थिइन् — गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जा मन्त्री कुलमान घिसिङ। यसमध्ये अर्याल र खनालले विवरण बुझाइसकेका छन्, तर घिसिङले अझै बुझाउन बाँकी छ।
दोस्रो चरणमा चार मन्त्री नियुक्त भएका थिए — अनिलकुमार सिन्हा, मदनप्रसाद परियार, महावीर पुन र जगदीश खरेल। यीमध्ये सञ्चारमन्त्री खरेलले विवरण बुझाउन बाँकी छ।
तेस्रो चरणमा स्वास्थ्य मन्त्री सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता नियुक्त भएका थिए। खेलकुद मन्त्री गुप्ताले विवरण बुझाइसकेका छन् भने स्वास्थ्यमन्त्री सुधाले बाँकी छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव हेमराज अर्यालले सबै मन्त्रीको विवरण प्राप्त भएपछि सार्वजनिक गरिने प्रक्रिया अघि बढ्ने बताए।