News Portal

पोखराका युवा कस्सिए लोकल रक्सी ब्राण्डिङ गर्न, मेलाबाट शुरु गरे स्थानीयको प्रतिक्रिया लिन

हिमालीसंचार संवाददाता/प्रेम गुरुङ
८२१ पटक

मंसिर २७, बुधबार/पोखरा – पश्चिमञ्चलको सुन्दर शहर पोखराका युवा लोकल रक्सिलाई ब्राण्डिङ गर्न कस्सिएका छन्।  पोखरा उधोग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय व्यापार मेलाको एउटा स्टल बुकिङ गरेर स्थानीय युवाहरुले मेला भर्न आएका दर्शकहरुलाई स्थानीयतहमा उत्पादित लोकल रक्सि चखाउदैं रक्सिको स्वादको जानकारी सहित प्रतिक्रिया लिन शुरु गरेका छन्।

उनीहरुले स्टलको छेउमा नयाँ फरी बोलट राखेका छन्। टेवलमा लेखेका छन् ‘नट फर सेल, वन्ली फर टेष्टिङ।’ सहित रक्सीको टेस्ट लिनुस्, तपाईंको प्रतिक्रिया लेखेर जानुस् ।’ यसरी मेला भर्न र हेर्न आउने स्थानीय दर्शकहरुको प्रतिक्रिया सहित आवश्यत सुझाव लिई रहेका छन्। 

उनीहरुले आफ्ना स्टलमा आइपुग्ने जोकोहीलाई भन्छन्, ‘कोदोको रक्सीको स्वाद चखाउनका लागि उनीहरु मेलामा आएका हुन्। अनुसन्धानमा लागेका महेश बराल र उनका साथीहरु मिलेर लोकल रक्सी चखाउन स्टल राखेका हुन् । उनीहरुले ठाउँठाउँमा पुगेर परम्परागत शैलीले रक्सी बनाउने विधि सिकेका छन् ।

‘रक्सी बनाउने सिद्धान्त सबैको एउटै हो। जाँड बनाउने, त्यसबाट निस्केको बाफलाई चिस्याएपछि रक्सी बन्छ,’ उनले भने, ‘परम्परागत शैलीमा भट्टीमा रक्सी पार्छन् । त्यसमा लेवल हुँदैन । हामीले नै डिजाइन गरेर डिस्टिलेसन प्लाण्ट बनाएका छौं । यसमा गुणस्तर ररन्छ।’

उनीहरुले लोकल रक्सि बनाउन चाहिने आवश्यक पर्ने मर्चासमेत आफैँ बनाउँछन् । ‘हाम्रो टेक्नोलोजी प्रयोग गरेर सरल रुपमा कसरी रक्सी बनाउन सकिन्छ र त्यसका कमजोरी कसरी सुधार्न सकिन्छ भनेर निकै लामो अध्ययन गऱ्यौ । डेढ वर्षसम्मको अनुसन्धानपछि अहिलको लोकल रक्सी तयार भएको हो,’ बराल भन्छन्, ‘क्वालिटीको रक्सि बनाउन सक्ने भएका छौँ । तर राज्यले गुणस्तर कायम गरिदिएको छैन। 

यद्यपि ह्विस्की र रमको स्टान्डर्ड अनुसार नै लोकल रक्सीको गुणस्तर कायम गरिएको पनी उनले सुनाए । अहिलेसम्म उनीहरुले बेच्न थालेका छैनन् । ‘बेच्नका लागि कानूनी व्यवस्था छैन । हामी अनुसन्धानकै चरणमा छौँ,’ उनले भने, ‘सरकारले सहज बनाइदियो भने छिटै बजारमा ल्याउन आतुर छौं ।’

पोखराका युवाहरुले अनुसन्धानकै क्रममा मापदण्ड अनुसार कम्पनी बनाएर उत्पादन गरेका छन्। उनीहरुको आफ्नै ल्याव पनि छ। ‘इन हाउस टेष्ट गरिरहेका छौँ। यसलाई आउट सोर्सिङ गरेर काठमाडौँ पठाउछौँ । यसमा हुनुपर्ने गुण छ कि छैन, नहुनुपर्ने गुण केही निस्किएको छ कि भनेर चेकजाच गर्छौं,’ बरालले थपे, ‘आन्तरिक रुपमा हरेक उत्पादनको परीक्षण गर्छन् भने बृहत् रुपमा ४ महिनामा काठमाडौँ पठाउछौँ। लोकल रक्सी घरमा बनाइएका भन्दा धेरै गुणस्तरीय बनेको छ ।’

मिथानल घटाए लोकल रक्सिको गुणस्तर बढी हुने उनीहरुको अनुभव रहेको छ । ‘मिथानलका कारण धेरै समस्या आउँछ । यसको मात्रा निकै कम हुनुपर्छ, इथानल चाहिँ धेरै हुनुपर्छ । हामीले इथानल मात्रै निकाल्छौँ । लोकल रक्सी खाएर बिहान उठ्ने बेलामा टाउको दुख्ने अवस्था हुँदैन । मुख गन्हाउने जस्ता समस्या आउँदैन,’ बरालले भने ।

लोकल रक्सीमा मिथानलको अंश ०.००१ प्रतिशत मात्रै देखिएको ग्रीन गोल्ड डिस्टिलरीका संस्थापक सदस्य ललित कुवँरले जानकारी दिए। उनका अनुसार घरमा बनाउँदा मिथानल छुट्याउन सकिन्न, लिमिटमा खाँदा स्वास्थ्यलाई नकारात्मक असर गर्दैन ।

नेपाल सरकारले मापदण्ड तय गरे लोकल रक्सी नेपालको हितमा निकै फलदायी हुने कुँवरको भनाइ छ। ‘नेपाल सरकारले मापदण्ड तोकिदिनुपर्छ।लोकल रक्सीलाई ट्याक्सको दायरामा ल्याउँदा राज्यलाई  आम्दानी हुन्छ। नेपाली बजारमा आउँदा समस्या हुँदैन,’ उनले अघि भने, ‘७५० मिलीलिटरको ६ सय हाराहारी खर्च निस्किन्छ । लोकल रक्सि धेरै उत्पादन गर्दा लागत केही घट्न सक्छ ।’

उनीहरुले डेढ वर्ष अघि नै ग्रीन गोल्ड डिस्ट्रीलरी दर्ता गरेका हुन्। उनीहरु समूहमा १० जना रहेका छन् । फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट, मार्केटिङ जस्ता विज्ञसहितको टिम रहेको छ । यो टोलीलाई औद्योगिक व्यापार मेलासम्म आउने बाटोको पुल बनेका छन् गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

उनीहरुले पाण्डेको भाषण छापिएको पत्रिकाको फोटोकपी पनि सँगै राखेका छन् । उनीहरुको स्टलमा आएर रक्सिको पारखीहरुले लोकल रक्सी चाख्छन्, आवश्यक सुझाव दिन्छन्। आफूहरु मुख्यमन्त्रीको भाषण सुनेरै मेलामा आएको उनीहरुले बताए ।

मुख्यमन्त्री पाण्डेले पछिल्लो समय लोकल रक्सी र गाँजा खेतीलाई वैधानिक बनाउने घोषणा सार्वजनिक कार्यक्रमबाटै गर्छन्। यी दुवैका लागि विधेयकको मस्यौदा बनिसकेर छलफलको चरणमा रहेको पाण्डेले बताए ।

पोखरामा घरेलु मदिरा व्यवस्थित रुपमा चलाउन सके विदेशबाट हुने रक्सि आयात निकै कम गर्न सकिन्छ ।प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै लोकल रक्सीको उत्पादन र ब्राण्डिङ गर्ने उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...