News Portal

यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

हिमालीसंचार संवाददाता
४२० पटक

एजेन्सी। यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ।

विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भू–भाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले घोषणा गरेका छन्।

हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि उनीहरूको तत्परताको सङ्केत भएको उनले बताए। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो सङ्ख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि नयाँ खतरा आएको हो।

त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनसमर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन्।

यमनी सेनाको छैटौं क्षेत्रीय सैन्य कमाण्डका चिफ अफ स्टाफ मोहम्मद बिन रसियाहले हुथी विद्रोहीको ‘अकर्मण्यता’ र लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले चालिएका कदमहरूको प्रतिवाद गर्न व्यापक तयारी गरिएको बताएका छन्।

शनिबार यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्धको तयारी बढाएको जानकारी गराएका थिए।

विशाल सैन्य परेडमा हुथीविद्रोहीको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो।

पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो। उनीहरूबीच सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्षमा छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...