News Portal

यमनका हुथी विद्रोहीद्वारा पुनः युद्धको चेतावनी

हिमालीसंचार संवाददाता
३४० पटक

एजेन्सी। यमनको हुथी लडाकू समूहले बिहीबार सरकारी सेना र साउदी अरब नेतृत्वको गठबन्धनविरुद्ध पुनः लडाइँ सुरु गर्ने चेतावनी दिएको छ।

विद्रोहीसँग जारी शान्ति वार्ताका क्रममा गठबन्धनले ‘छल र बेइमानी’ गरेको आरोप लगाउँदै उक्त समूहले यमनबाट गठबन्धन सेनालाई निष्कासित गर्न र सबै भू–भाग कब्जा गर्न नयाँ सैन्य कारबाहीका लागि सक्रिय रूपमा तयारी गरिरहेको हुथी विद्रोही लडाकूका रक्षा प्रमुख मोहम्मद अल–अतिफीले घोषणा गरेका छन्।

हुथी विद्रोहीले हालै गरेको सैन्य परेड र युद्धाभ्यास बल प्रदर्शन मात्र नभई नयाँ चरणको युद्धका लागि उनीहरूको तत्परताको सङ्केत भएको उनले बताए। यमनको दक्षिणपश्चिमी प्रान्त ताइजमा हुथी विद्रोही समूहले हालै ठूलो सङ्ख्यामा तैनाथ गरेको हुथी विद्रोही अखडाको भ्रमण गरेपछि नयाँ खतरा आएको हो।

त्यसको जवाफमा साउदी नेतृत्वको गठबन्धनसमर्थित यमन सरकारका नेताहरूले आफ्ना सेना उच्च सतर्कतामा रहेको र कुनै पनि सम्भावित सैन्य वृद्धिको सामना गर्न तयार रहेको घोषणा गरेका छन्।

यमनी सेनाको छैटौं क्षेत्रीय सैन्य कमाण्डका चिफ अफ स्टाफ मोहम्मद बिन रसियाहले हुथी विद्रोहीको ‘अकर्मण्यता’ र लामो समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले चालिएका कदमहरूको प्रतिवाद गर्न व्यापक तयारी गरिएको बताएका छन्।

शनिबार यमनका रक्षामन्त्री मोहसेन अल–दारीले हुथी विद्रोहीले इब प्रान्तमा आयोजना गरेको विशाल सैन्य परेडको प्रतिक्रियास्वरूप सरकारी सेनाले आफ्नो युद्धको तयारी बढाएको जानकारी गराएका थिए।

विशाल सैन्य परेडमा हुथीविद्रोहीको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख महदी अल–मशातले लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सन् २०१४ को अन्त्यतिर हुथी समूहले यमनको उत्तरी भागको अधिकांश भाग आफ्नो नियन्त्रणमा लिएको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारलाई राजधानी सानाबाट बाहिर निकाल्न बाध्य पारेपछि गृहयुद्ध सुरु भएको थियो।

पछि यमनको सरकारलाई साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन सेनाले सघाएको थियो। उनीहरूबीच सन् २०२२ अप्रिल २ देखि युद्धविराम गर्ने सहमति भएपछि करिब एक वर्षमा छिटफुट घटनाबाहेक यमनमा ठूला आक्रमणका घटना भएका थिएनन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...