News Portal

मोरङको रतुवामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्षले श्रीमतिलाई बृद्धभत्ता दिलाए

हिमालीसंचार संवाददाता
४६८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ६ का वडाध्यक्षलेलआफ्नै श्रीमतिको उमेर बढाएर बृद्घभत्ता खाने गरेको रहस्य सार्वजनिक भएको छ । 

रतुवामाई नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष तुलाराम लुईटेलले श्रीमति भक्तकुमारी लुइटेललाई विस २०७९ चैत्र १ गतेदेखि सामाजिक सुरक्षा भत्ता दिन थालेको रहस्या खुलासा भएको हो । भक्तकुमारी लुइटेलले २०४६ सालमा टोलीबाट नागरिकता लिदा उनको जन्म मिति २०१८ माघ ९ गते रहेको र उनको उमेर ६१ बर्ष मात्रै पुग्ने देखिन्छ। तर, सोही अनुसार मतदाताको परिचपत्रमा समेत२०१८ जन्म मिति कायम भएको देखिएको छ। वडाध्यक्षको श्रीमति भक्तकुमारी लुइटेलले इलाका प्रशासन कार्यालय रंगेलीबाट विस २०७८ माध १० गते लिएको देखिन्छ । प्रतिलिपी नागरिकतामा जन्म मिति २०११ माघ ९ गते कायम गरेको र  उनको उमेर ६८ बर्षको पुगेको देखिन्छ । 

नेपाल सरकारले बृद्घ भत्ता दिनका लागि ७० बर्ष कायम गरेता पनि १ बर्ष अगाडिदेखि ६८ बर्ष कायम गरेपछि अहिले बृद्घ भत्ता खाने बृद्ध, बृद्घाहरुको संख्या समेत बढिरहेको छ । सोही भत्ता खानका लागि वडाध्यक्षले आफ्नो श्रीमतिको उमेर समेत ६८ बर्ष बनाएर सत्ताको र शक्तिको दुरुपयोग गरेर मासिक ४ हजार रुपैयाँ बुझ्ने गरेको देखिन्छ । 

तुलाराम लुइँटेल नेकपा एमालेबाट दुई पटक वडा अध्यक्ष पदमा निर्वाचित जनप्रतिनिधि भएका हुन । वडा कार्यालयको रेकर्डका अनुसार सप्तकोशी बैकमा नगरले पठाएको फोटो सहितको अभिलेखमा फोटो समेत नगारिकताबाट इस्क गरेर पठाएको भेटिएको छ। तर, आम सर्वसाधारणहरुको अभिलेखमा भने अटो साइजको फोटो टास गरेको देखिन्छ।

वडाअध्यक्ष तुलाराम लुइँटेलसंग सम्पर्क गर्दे उनले भने मेरो नियत त्यस्तो नभएको मतदाता परिचयपत्रमा मात्रै विस २०१८ सालको जन्म मिति भएको तर नागरिकतामा भने मिति २०११ साल नै रहेको दावी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...