News Portal

मोरङको रंगेली नगर प्यापसनले शिक्षकहरुलाई एक दिने तालिम प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता
२२९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगर प्यापसनद्वारा पाठ्यक्रम प्रश्न पत्र निर्माण तथा मुल्यांकन कार्यविधि सम्बन्धि रंगेलीले ३ पालिकाका शिक्षकहरुलाई एक दिने तालिममा सहभागी गराएको छ।

नगर प्यापसनले रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिकामा संचालनमा रहेका संस्थागत बिधालयहरुमा अध्यापन गराने शिक्षक-शिक्षिकाहरुलाई सामाजिक र विज्ञान, गणित र नेपाली विषयको अध्यापन गराउने शिक्षकहरुलाई तालिममा सहभागी गराएका थिए। 

रंगेलीमा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल, माउण्ड मकालु बोर्डिङ स्कुल लगायत  ११ वटा  बिधालयका शिक्षकहरुको सहभागी रहेको थियो। उक्त तालिम रंगेली अस्पतालको सभाहलमा संचालन भएको थियो ।  

मोरङका लाईलेन प्राप्त प्रशिक्षक सन्तोष पोख्रेल, भुवराज भट्टराई, लिला कान्त बन्जारा र प्रभात नेपालले शिक्षकहरुलाई  प्रशिक्षण गराएका थिए । तालिममा सहभागी  शिक्षकहरुलाई बिधालयमा बालबालिकाहरुलाई कसरी पठनपाठन गराउने भन्ने बिषयमा शिक्षकहरुलाई तालिम जानकारी गराएका थिए।  

तालिम समापन कार्यक्रममा मोरङ प्यापसनका उपाध्यक्ष  भक्तराज सुब्बा, जिल्ला सह-सचिव विकर्ण कार्की रंगेली नगर सचिव गोपाल भट्टराई, कोष अध्यक्ष निरञ्जन दाहाल लगायतले  प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...