News Portal

मोरङको रंगेली नगर प्यापसनले शिक्षकहरुलाई एक दिने तालिम प्रदान गऱ्यो

हिमालीसंचार संवाददाता
२०२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगर प्यापसनद्वारा पाठ्यक्रम प्रश्न पत्र निर्माण तथा मुल्यांकन कार्यविधि सम्बन्धि रंगेलीले ३ पालिकाका शिक्षकहरुलाई एक दिने तालिममा सहभागी गराएको छ।

नगर प्यापसनले रंगेली नगरपालिका, सुनवर्षी नगरपालिका र धनपालथान गाउँपालिकामा संचालनमा रहेका संस्थागत बिधालयहरुमा अध्यापन गराने शिक्षक-शिक्षिकाहरुलाई सामाजिक र विज्ञान, गणित र नेपाली विषयको अध्यापन गराउने शिक्षकहरुलाई तालिममा सहभागी गराएका थिए। 

रंगेलीमा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुल, माउण्ड मकालु बोर्डिङ स्कुल लगायत  ११ वटा  बिधालयका शिक्षकहरुको सहभागी रहेको थियो। उक्त तालिम रंगेली अस्पतालको सभाहलमा संचालन भएको थियो ।  

मोरङका लाईलेन प्राप्त प्रशिक्षक सन्तोष पोख्रेल, भुवराज भट्टराई, लिला कान्त बन्जारा र प्रभात नेपालले शिक्षकहरुलाई  प्रशिक्षण गराएका थिए । तालिममा सहभागी  शिक्षकहरुलाई बिधालयमा बालबालिकाहरुलाई कसरी पठनपाठन गराउने भन्ने बिषयमा शिक्षकहरुलाई तालिम जानकारी गराएका थिए।  

तालिम समापन कार्यक्रममा मोरङ प्यापसनका उपाध्यक्ष  भक्तराज सुब्बा, जिल्ला सह-सचिव विकर्ण कार्की रंगेली नगर सचिव गोपाल भट्टराई, कोष अध्यक्ष निरञ्जन दाहाल लगायतले  प्रमाणपत्र र मायाको चिनो वितरण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...