News Portal

डडेल्धुरा अस्पतालको अध्यक्षको पदभार ग्रहण गरेको केही घन्टामै पदमुक्त

हिमालीसंचार संवाददाता
३५३ पटक

डडेल्धुरा। डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन्। विकास समितिका अध्यक्ष ओझाको हालै तीन वर्षे पदावधि सकिएको थियो।

उनको ठाउँमा गत महिना लक्ष्मणबहादुर सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो। तर, बुधबार पदभार ग्रहण गरेको केही घन्टा नबित्दै सिंहलाई बदर गरिएको छ। उनलाई अस्पतालका कर्मचारी तथा जिल्लावासीले भव्य स्वागतसमेत गरेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले सिंहको ठाउँमा पुरानै अध्यक्ष ओझालाई मनोनीत गरेको छ। यसअघि प्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रीस्तरको वैशाख १७ गतेको निर्णयअनुसार वैशाख २३ गतेदेखि लागू हुने गरी सिंहलाई अध्यक्ष नियुक्त गरिएको थियो।

सिंहलाई डडेल्धुरा अस्पताल डडेल्धुराको अध्यक्ष र तेज साउँदलाई सदस्यमा मनोनीत गरिएको थियो। बुधबार साँझ नै स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ।

बुधबार नै स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णयले अध्यक्षमा उनीसहित सदस्यमा देवकी भट्ट र जनक मल्ललाई मनोनीत गरेको भनेर पत्र आएको अस्पतालका निमित्त मेसु चेतराज भट्टले जानकारी दिए।

उनका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ। सिंह नेकपा (माओवादी)मा केन्द्रमा आवद्ध छन् भने ओझा केही समयअघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...