News Portal

  • बिरामी पत्नीलाई ७० वर्षीय वृद्धले झोलुंगोमै बोकेर पुर्‍याए अस्पताल

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    जनकपुरधाम। धनुषाको जनकनन्दनी गाउँपालिका–४ खुजरी चन्हाकी ६८ वर्षीया अमिर्ती देवी सोमबार पति रामआशिष मण्डलसँग रेल चढेर जनकपुर आइन्। उपचारका लागि आएका उनीहरु जनकपुरको केवट कुट्टीमा बास बसे।

    राति ११ बजे मुटुको समस्याले अमिर्ती छटपटाउन थालिन्, दमको समस्या बढ्न थाल्यो। पति रामआशिष बेचैन भए। हतारहतार जनकपुर प्रादेशिक अस्पताल पुर्‍याउन छेउकै सडक हुँदै गुडेका अटो रिक्सा, एम्बुलेन्स र गाडीलाई रोकेर बिन्ती गरे। तर कसैले अमिर्तीलाई अस्पताल पुर्‍याइदिन मानेनन्।

    केहीबेरमा आफन्त मधुर मण्डल आइपुगे। उनलाई देखेपछि ७० वर्षका रामअशिषलाई सहयोग पुग्ने विश्वास पलायो। मधुरले दिदी नाता पर्ने अमिर्तीलाई बोकेरै भएपनि अस्पताल पुर्‍याउन तयार भए।

    एउटा बाँसको टुक्रा कुट्टीबाट खोजे। दुई छेउमा कपडा बाँधेर स्ट्रेचरजस्तो बनाए। त्यसमै अमिर्तीलाई राखेर रामआशिष र मधुरले डेढ किलोमिटर टाढा रहेको प्रादेशिक अस्पताल पुर्‍यायो। समयमै झोल्ना (झोलुंगो)मै लगेपछि अमिर्तीको बेलैमा उपचार भयो।

    प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी अमिर्तीले स्वास्थ्यमा सुधार भएको बताइन। ‘मलाई समयमै अस्पताल नल्याएको भए बाँच्ने थिइनँ होला’ अमिर्तीले भनिन्। उनी एक वर्षदेखि मुटु र मधुमेहको बिरामी छन्।

    माधुरले आफूले पनि बिन्ती गर्दा कुनै अटो, एम्बुलेन्स र गाडीले ल्याउन नमानेपछि झोल्नामै बोकेर अस्पताल पुर्‍याएको बताए। ‘पैसा दिन्छु, लगिदिनुस् भनेर धेरैलाई आग्रह गर्‍यौं तर कसैले मानेनन्’ उनले भने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पूर्व विद्यार्थी मञ्चद्वारा हाजिरी जवाफ सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २४ – पूर्व विद्यार्थी मञ्चले रङ्गेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत...

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ७ बुँदे सहमतिमा बहुबिबाह गर्न पाउनुपर्छ भन्ने सहमति थियो ? – कमला थापा

    २०८२ साउन २३ गते। नेपाली कांग्रेस र एमालेको दुईतिहाइ गठबन्धन सरकार बनाउने ७ बूंदे सहमति...

    कल्याणपुरका मेयर राम पुकार साहविरुद्ध एक लाख घुस प्रकरणमा भ्रष्टाचार मुद्दा

    काठमाडौं, साउन २३ – सिरहाको कल्याणपुर नगरपालिकाका मेयर राम पुकार साह तेली एक लाख रुपैयाँ...

    पूर्व स्वास्थ्य राज्यमन्त्री बस्यालको ६७ वर्षको उमेरमा निधन, कांग्रेस सभापति देउवाबाट श्रद्धाञ्जली

    काठमाडौँ, साउन २३ – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्यालको आज...