News Portal

धरानमा उत्पादन भयो वायु उर्जा, मेयर साम्पाङद्वारा उत्धाटन (भिडियो सहित)

मेयर साम्पाङको भिजनमा २ सय वार्टको वायु उर्जा उत्पादन शुरु

हिमालीसंचार संवाददाता
३२८ पटक

धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा २ सय वार्डको वायु उर्जा उत्पादन गरी उद्धाटन गरिएको छ।

धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा इन्जिनियर तर्कबहादुर मगरको नेतृत्वमा तयार गरिएको २ सय वार्डको करिब ९ मिटर अग्लो फलामको खम्बामा उत्पादित वायु उर्जा मेयर साम्पाङले उद्धाटन गरेका हुन्। विराटनगरमा तयार गरिएको वायु उर्जाको सेट सामाजिक अभियन्ता तथा इन्जिनियर मगरको नेतृत्वले करिब १६ दिनको लगाएर (नमूना) प्रोटोटाइपको वायु उर्जा २ जनाले तयार गरेको इन्जिनियर मगरले बताए। 

प्रोजेक्टका लागि करिव ७ लाखको बजेट रहेको वायु उर्जा ३ लाख ५५ हजारमा सम्पन्न भएको हो। इन्जिनियर मगरका अनुसार “यो टर्वाइन वेदर प्रुभ भएकाले वायुसंगै अटो धुमी रहन्छ। हावाको गति अधिक्तम भएमा अटो लक भएर मेसिन रोकिन्छ। वायु उर्जाबाट अत्याधिक उर्जा उत्पादन भएमा ठुलो पावरको बल्भले खपत गरेर उर्जा शक्ति नियन्त्रण गर्ने हुन्छ। 

प्रोजेक्ट संयोजक तथा इन्जिनियर मगरका अनुसार सार्वजनिक स्थल चौतारा, वडाकार्यालयको अगाडी, खानेपानी कार्यालय र स्वास्थ्यचौकी प्रसुतिगृहका विभिन्न अत्यआवश्यक स्थानहरुमा वायु उर्जाबाट उत्पादित विजुली जडान गरिएको समेत जानकारी दिए। 

आयोजित उद्धाटन कार्याक्रममा मेयर साम्पाङले (परिक्षण) नमूनाको रुपमा उत्पादन गरिएको उर्जा निकट भविष्यमा धरानको सबैभन्दा अग्लो कन्यटार डाडामा उर्जा उत्पादन गरेर आत्मनिर्भर हुने धारणा व्यक्त गरे। त्यस्तै, वडाध्यक्ष पदम लिम्बुले वडाकार्यालयसंगै रहेको स्वास्थ्यचौकीमा विजुली अभाव टरेको भन्दै खुशी व्यक्त गरे। वडाध्यक्ष लिम्बुले वायु उर्जामा थप समस्य आएमा मेयर साम्पाङसंग आवश्याक सल्लाह गरेर संरक्षण गर्ने र वडाले विशेष ध्यान दिने समेत बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...