News Portal

मकवानपुरमा भव्य रुपमा तामाङ समुदायले सोनाम ल्होछार मनाए

हिमालीसंचार संवाददाता
२१९ पटक

युवा राई/हेटौडा – मकवानपुर तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी समपन्न गरेका छन्।

ल्होछार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो। तामाङ समुदायमा यो दिन हर्साल्लास देश विद्शमा साथ मनाउँछन्।

ल्होछार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरु बाह्रवटा हुन्छन्। ती वर्षका नामहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरु हुने वर्षहरु बँदेल वर्षमा पुगेर सकिन्छ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि मुसा वर्ष पूरा गरी बिरालो वर्ष प्रवेश हुन्छ। यो २८५९औँ सोनाम ल्होछार हो। मञ्जुश्री पात्रो शुरु भएको २८५९ औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष हुन्छ।

यस अवसरमा हेटौड़ामा पनी घलान भाईगुठार हेटौडा ८ कमानेमा विशेष कार्यक्रमको आयोजना गरीएको थियो । सोनाम ल्होछारको अवसरमा आफन्तजन भेटघाट तथा एक अर्कामा शुभकामना आदनप्रधान गरिएको थियो साथै तामाङ खाना, भेषभूषा, कला संस्कृति झल्कीन नृत्य प्रस्तुत गरिएको थियो। घलान भाईगुठार  समितिका आयोजक बिरमान घलानको उपस्थिथिमा कार्यक्रम सम्पन्न भएको थियो। 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...