News Portal

सुनसरी क्षेत्र नं. १ मा जसपा नेपालको निरन्तर अग्रता, मतान्तर बढाउदै अशोक राई

हिमालीसंचार संवाददाता
७३२ पटक

धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १५,११४ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् ।निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७०,७२० मतपरिणाम अनुसार राईले १५,११४ मत प्राप्त गरी अग्रता लिएका हुन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले १४,६२९ मत प्राप्त गरी जसपा नेपालका राईलाई पछ्याई रहेकी छिन्। राईले ४८५ मत सहित अग्रता कायम गरिरहेका छन्। 

लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले – ११,५६२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा – ७,१९० मत, राप्रपाका अशोककुमार राई (अविरल)ले – ७,००३ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जारमा – ३,७२४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा तमू ल्होसार भव्य रूपमा सम्पन्न, सर्प वर्गको विदाई गर्दै घोडा वर्गको स्वागत

कुवेत– तमू समुदायको महान पर्व तमू ल्होसार कुवेतमा भव्य रूपमा मनाइएको छ। जनवरी ९ तारिखका...

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...