News Portal

सुनसरी-१ (ख) प्रदेशसभातर्फ नेकपा एमालेको विजय कुमार राईको निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
४९२ पटक

धरान – सुनसरी – १ (ख) प्रदेशसभातर्फ नेकपा (एमाले)का उम्मेदवार विजयकुमार राईले ३,४७६ मत प्राप्त गरी निरन्तर अग्रता लिएका छन्।

प्रदेशसभा (ख) तर्फको मतपरिणाम सार्वजनिक गर्ने क्रममा निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले ११ बजेपछिको १२,२१४ मतगणनाको मतपरिणाम सार्वजनिक गर्दा राईले अग्रता कायमै राखेका हुन्।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अनिश ढकालले २,८२९ मत, स्वतन्त्र उम्मेदवार हेमचन्द्र राईको चुनाव चिन्ह्र लालटिनमा १,७५७ मत, नेकपा (एकीकृत समाजवादी)का रेवतीरमण राईले १,५२१ मत, स्वतन्त्र रोहित सुब्बाको चुनाव चिन्ह्र क्यालकुलेटरमा १,०६१ मत प्राप्त गरेका छन्।

संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रेमबहादुर लिम्बुले ४४८ मत, स्वतन्त्र उम्मेदवार मित्राकुमारी अधिकारीको चुनाव चिन्ह्र पानीको धारामा-३०२ मत, नागरिक उन्मुक्ति पार्टीका ओमप्रकास थारुले १६ मत, किरात खम्बुवान साझा पार्टीका भूपि राईले २१६ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार विन्द्रमान राईको चुनाव चिन्ह्र विजुलीको चिममा – १६२ मत स्तन्त्र उम्मेदवार शरण राईको चुनाव चिन्ह्र केराको काइयोमा -२२ मत, स्वतन्त्र उम्मेदवार राजन बस्नेतको चुनाव चिन्ह्र फुटबल खेलाडीमा १६ र स्वतन्त्र उम्मेदवार रिकेश विश्वकर्माको चुनाव चिन्ह्र सारंगीमा १६ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...