News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: धण्टीले १० हजार काटायो

    हिमालीसंचार संवाददाता
    ७३४ पटक

    धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल ४९,११३ मतगणना सकिदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले १०,१५६ मत प्राप्त गरी निरन्तर अग्रता बढाउदै लगेकी छिन्। जसपा नेपालका उम्मेदवार अशोककुमार राई भन्दा १,४५३ मतान्तरले अग्रता लिएकी छिन्।

    एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ८,७०३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ७,७१२ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। 

    एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ६,१८० मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ५,०३३ मत र स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-३,१७१ मत, अर्का स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,५६४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

    जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-१६० मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-९९ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-१२५ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-५४६ मत प्राप्त गरेका छन्। 

    यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-१८२ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-१३९ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-१,२९७ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-१२२१ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – ९१ मत प्राप्त गरेका छन्।

    स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-३२ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-४४ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-९६ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-१२५ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...

    फर्मासिस्टले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

    काठमाडौँ। आगामी पुस ४ गतेदेखि फर्मासिस्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था...