News Portal

सुनसरी-१ (क) प्रदेशसभा तर्फ एमालेको निरन्तर अग्रता (भिडियो सहित)

हिमालीसंचार संवाददाता
२९६ पटक

धरान – सुनसरी -१ (क) प्रदेशसभा तर्फ कुल ३७,७२९ मतगणना हुदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले १०,५६१ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। विहान ८:१५ बजेको मतपरिणाम अनुसार बस्नेतले १० हजार मत कटाएका हुन्। नेपाली कांग्रेसका उमेश थापाले ९,३४५ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। उनीहरुको मतान्तर १,२१६ मत रहेको छ। 

त्यस्तै, राप्रपाका उद्धव श्रेष्ठले ८,१७५ मत, स्वतन्त्र उम्मेदवार समिर तामाङले ३,९८१ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले १,०३४ मत, हाम्रो नेपाली पार्टीका विजय कालीकोटेले १,२१८ मत, किरात खम्बुवान साझा पार्टीका शुरेशकुमार राईले १२९ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका भीमबहादुर लिम्बुले २२० मत प्राप्त गरिरहेका छन्। 

स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले १,०३१ मत, स्वतन्त्र उम्मेदवार गोमा राईले – २१ मत, स्वतन्त्र टंकबहादुर विश्वकर्माले – १९ मत, स्वतन्त्र उम्मेदवार पदमबहादुर कार्कीले – ३२ मत, स्वतन्त्र उम्मेदवार माया विश्वकर्माले – १६० मत र स्वतन्त्र उम्मेदवार सुमित्रा राईले – ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...