News Portal

सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर अग्रता, प्रदेशसभा तर्फ एमाले अगाडी

हिमालीसंचार संवाददाता
१०२४ पटक

धरान – सुनसरी – १ प्रतिनिधिसभा सदस्यतर्फको कुल ३४,००४ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ६,५६७ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ५,८३१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ५,४६७ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। 

एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ४,७८५ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले ३,८२२ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,४७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-११९ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-४२ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-९५ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-२८९ मत प्राप्त गरेका छन्। 

यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-१३९ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-८७ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा घर-७१३ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-१५५ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – ६४ मत,  स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-२२ मत, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-१,७२३ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-३४ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-४८ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-९१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

सुनसरी-१ (क) प्रदेशसभा तर्फ एमालेको निरन्तर अग्रता 

सुनसरी -१ प्रदेशसभा तर्फ कुल ३४,०८० मतगणना हुदा एमालेका उम्मेदवार रमेशकुमार बस्नेतले ९,६१९ मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेका छन्। नेपाली कांग्रेसका उमेश थापाले ८,४३३ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। उनीहरुको मतान्तर १,१८६ मत रहेको छ। 

त्यस्तै, राप्रपाका उद्धव श्रेष्ठले ७,६८३ मत, स्वतन्त्र उम्मेदवार समिर तामाङले ३,३६८ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भोलामान बर्देवाले ८९१ मत, हाम्रो नेपाली पार्टीका विजय कालीकोटेले १,०७३ मत, किरात खम्बुवान साझा पार्टीका शुरेशकुमार राईले १०८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका भीमबहादुर लिम्बुले २०० मत प्राप्त गरिरहेका छन्। 

स्वतन्त्र उम्मेदवार खगेन्द्र श्रेष्ठले ९१७ मत, स्वतन्त्र उम्मेदवार गोमा राईले – १९ मत, स्वतन्त्र टंकबहादुर विश्वकर्माले – १८ मत, स्वतन्त्र उम्मेदवार पदमबहादुर कार्कीले – २७ मत, स्वतन्त्र उम्मेदवार माया विश्वकर्माले – १३३ मत र स्वतन्त्र उम्मेदवार सुमित्रा राईले – ७१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...