News Portal

मोरङको क्षेत्र नं. ५ मा शिवकुमारलाई हराउदै स्वतन्त्र उम्मेदवार योगेन्द्र निर्वाचित

हिमालीसंचार संवाददाता
३९७ पटक

रविन्द्र बराल/मोरङ – मोरङको क्षेत्र नं. ५ मा प्रतिनिसभा सदस्य तर्फ स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले २१,८२० मत प्राप्त गरी निर्वाचित भएका छन्। 

उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का शिवकुमार मण्डलले १७,४८६ मत प्राप्त गरेका थिए। उनीहरुको मतान्तर ४,३३४ रहेको छ। त्यस्तै, जसपाका राजकुमार यादवले १७,३९० मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ। 

अघिल्लो निर्वाचनमा नेपाली काग्रेसका अमृत अर्याललाई हराउदै निर्वाचित भएका नेकपा (माओवादी केन्द्र)का नेता मण्डल ०७० सालमा देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट आपूर्ति मन्त्री बनेका थिए । यता स्वतन्त्र उम्मेदवारी दिएका मण्डल भने विद्यार्थीकालको राजनीति गर्दा मात्रै निर्वाचनमा जितेको अनुभव रहेको बताउछन् ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...