News Portal

चुनावमा पराजित भएसङै जगत सिंखडाकाे प्रतिवद्धता र सन्देश

हिमालीसंचार संवाददाता
४१९ पटक

धादिङ– प्रदेश सभाको चुनावमा हारेपछि जगत सिंखडाले आफ्नो प्रतिबद्धता यसरी जारी गरे

जगत सिंखडाको धन्यावाद तथा प्रतिवद्धता सन्देश
धादिङको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) मा १३१ मतान्तरले विजयी हुन सफल मेरा प्रतिस्पर्धी एमाले-राप्रपा गठबन्धनका मित्र डम्बर तामाङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु। तपाईंले यो क्षेत्र र यहाँका जनताको पक्षमा गर्ने हरेक कार्यमा हातेमालो गर्नेछु भने सधैंझै जनविरोधी कामको खुलेर विरोध गर्नेछु।

यो निर्वाचन अभियानमा गठबन्धन संस्कार र पार्टी भावनालाई शिरमा राखी अहोरात्र खट्नुहुने सबै मित्रहरू सहकर्मी, सहयोद्धा, समर्थक शुभचिन्तकहरूप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु। यहाँहरूको सहयोग र सद्भाव कहिल्यै भुल्ने छैन।हामीलाई थाहै छ। हामी प्रतिगमनविरोधी गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका थियौं।

अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि हामी सँगै उभिँदै आएका पनि छौं। यसका बावजुद जो सीमित व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन संस्कृति र पार्टी भावनाका विरुद्ध उभिनुभयो, उहाँहरूसँग म लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका उपलब्धि जोगाउने अभियानमा हार्दिकतापूर्वक सहकार्य गर्ने नै छु।

किनकि सदनमा राजतन्त्रको पक्षमा, संघीयता धर्मनिरपेक्षता, समानुपातिक/समावेशिताको विरुद्धमा नारा लाग्दा हामी चुनावी अभियानमा ‘मित्रहरू’बाट भएका कमजोरी सम्झेर अल्मलिने छैनौं। त्यो सुविधा हामीसँग हुनेछैन।

समीक्षा, आत्मसमीक्षा जीवनमा गर्दै गरौंला। म लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि समर्पित सक्रिय योद्धा हुँ। गणतन्त्र स्थापनाको अभियानमा सहादत प्राप्त गर्नुहुने योद्धा, घाइते र बेपत्ता योद्धाले हाम्रो काँधमा छाडेको अभिभारा म कहिल्यै भुल्नेछैन।

म जनतासँग जगत भन्ने नाराका साथ यो क्षेत्र, यहाँका सम्मानीत मतदातासँग जोडिइरहनेछु।विभिन्न कारणले निर्वाचनको लोकतान्त्रिक विधिमा पछि परेँ, तर जनताको भरिया बनेर जनसेवामा थप मेहनतका साथ क्रियाशील भइरहनेछु। तपाईंको दुःख सुखको साथी भइरहनेछु। पाखा-पखेराहरूमा सक्रिय भइरहनेछु। हामीले हालेको विकासको जगमा समृद्धि ठड्याउन क्रियाशील भइरहनेछु।

 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...