खोटाङ – खोटाङ प्रदेशसभा (क) मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राईले १३ हजार १५७ मत प्राप्त गरी निर्वाचित भएका छन् । लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईले ११ हजार ९६५ मत प्राप्त गरी पराजित भए।
लोकतान्त्रिक वाम गठबन्धन विरुद्ध कांग्रेसका धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले ३ हजार १४५ मत ल्याए । त्यस्तै, जसपा नेपालका राकेश राईले २ हजार ३४० मत, नेकपा (माले)का पदमप्रसाद आचार्यले १ हजार ५२५ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रयोग राईले १६४ मत, नेमकिपाका केशव राईले ८२ मत, स्वतन्त्र उम्मेदवार कुमारप्रसाद भट्टराईले १२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ
प्रदेशसभा (ख) तर्फ लोकतान्त्रिक वाम गठबन्धन कांग्रेसका उम्मेदवार भूपेन्द्र राईले १६ हजार ४९६ मत प्राप्त गरी निर्वाचित भएका छन् । नेकपा एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत प्राप्त गरी पराजीत भए।
निर्वाचित राई दिप्रुङ चुईचुम्मा गाउँपालिका पूर्व अध्यक्ष हुन्। उनी अध्यक्ष रहेका बेला कोभिड-१९ संक्रमितलाई पिठ्युँमा बोकेर उपचार गराएर चर्चा कमाएका थिए ।
त्यस्तै, जसपाका प्रदेशसभा सदस्यका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मंगोल नेशनल अर्गनाइजेसनका बिमला राईले १०१ मत र नेमकिपाका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेको मुख्या निर्वाचन अधिकृतको कार्यालय खोटाङले जनाएको छ ।