News Portal

सुनसरी-१ प्रतिनिधिसभा तर्फको ताजा मतपरिणाम: राष्ट्रिय स्वतन्त्र पार्टीको निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
९७२ पटक

धरान – सुनसरी १ प्रतिनिधिसभा सदस्यतर्फको कुल २४,५१२ मतगणना हुदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (शरिन) ले ४,६५० मत प्राप्त गरी निरन्तर अग्रता लिइरहेकी छिन्। 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ४,२३६ मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका मुक्सामहाङग् सुब्बाले ४,१८३ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन्। 

एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा ३,४२६ मत, राप्रपाका अशोककुमार राई (अविरल)ले २,६१३ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,३८१ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय सभागृह धरान सुनसरीले जनाएको छ। 

त्यस्तै, जनमत पार्टीका फत्तबहादुर खड्काको चुनाव चिन्ह्र लाउड स्पिकर-८५ मत, किरात खम्बुवान साझा पार्टीका देविबहादुर राईको चुनाव चिन्ह्र ढाका टोपी-२७ मत, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर श्रेष्ठको चुनाव चिन्ह्र कुखुराको भाले-४८ मत, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सरस्वती सुब्बा चुनाव चिन्ह्र दाप सहितको खुकुरी-१७५ मत प्राप्त गरेका छन्। 

यस्तै, जनसमाजवादी पार्टी नेपालका मंगल सिंह लिम्बुको चुनाव चिन्ह्र पाचकुने तारा-९३ मत, स्वतन्त्र उम्मदेवार करुणा राईको चुनाव चिन्ह्र पानीको फिल्टर-५९ मत, स्वतन्त्र उम्मेदवार कुमार कार्कीको चुनाव चिन्ह्र धण्टा-४३२ मत, स्वतन्त्र उम्मेदवार कुल बहादुर लिम्बुको चनाव चिन्ह्र क्रस खुकुरी-१०१ मत, स्वतन्त्र उम्मेदवार कृष्ण कुमार राईको चुनाव चिन्ह्र चापाकल – ४५ मत,  स्वतन्त्र उम्मदवार जीवनकला राईको चुनाव चिन्ह्र पोते सहितको तिलहरी-१५, स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरको चुनाव चिन्ह्र पानीको जार-९९५ मत, स्वतन्त्र उम्मेदवार वासु प्रसाद उपाध्याय (चालिसे)को चुनाव चिन्ह्र पुतली-२७ मत, स्वतन्त्र उम्मेदवार विजयकुमार राईको चुनाव चिन्ह्र छत्रे टोपी-३३ मत र स्वतन्त्र उम्मेदवार संजयकुमार राईको चुनाव चिन्ह्र सेलरोटीको चाङ-६६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय धरान सुनसरीले जनाएको छ। 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...