News Portal

सुनसरी – १ को मतगणना स्थगित पछिको प्रतिनिधिसभा तर्फको पहिलो मतपरिणाम सार्वजनिक, माओवादीको अग्रता कायमै

हिमालीसंचार संवाददाता
४९९ पटक

धरान – सुनसरी जिल्लाको क्षेत्र नं.१ तर्फको मतगणना धरान-८ स्थित निर्वाचन कार्यालय सभागृह धरानमा मतगणना भइरदा धरान वडा नं. ६ को मतपरिणाम ट्याली गर्ने क्रममा मतान्तर फरक भएपछि विवाद सृर्जना हुदा राती १ बजेदखि बिहान ६ बजेसम्म मतगणना स्थगित भएको थियो। हिजोसम्म ४ टोलीले मतगणना गरिरहेको सुनसरी -१ को मतगणना अहिले दुई टोलीले मात्र मतगणना गरिरहेको निर्वाच अधिकृत रुद्रप्रसाद अर्यालले जानकारी दिए।

निर्वाचन कार्यालयले विहान ८ः२७ बजे सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यतर्फ लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका उम्मदवार मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ३,०१२ मत प्राप्त गरी अग्रता कायमै राखेका छन् । 

त्यस्तै, एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले २,५६० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी शरिन ख्वाङ तामाङ (गोमा) ले २,१४५ मत, राप्रपाका अशोक राई (अविरल)ले १,४२५ मत एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार मनोजकुमार मेन्याङ्बोले खरायो चुनाव चिन्ह्रमा १,३९६ मत र स्वतन्त्र उम्मेदवार मातृकाप्रसाद भट्टराईले सूर्यमुखी फूल चुनाव चिन्हमा १,२८१ मत प्राप्त गरेको निर्वाचन कार्यालय सभागृह धरानले जनाएको छ। धरान वडा नं.८ सभागृहमा सुनसरी-१ को मतगणना भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...