News Portal

खोटाङ अपडेट : खोटाङ – १ मा गठबन्धनको अग्रता एमालेले पछ्याउदै

हिमालीसंचार संवाददाता
५१६ पटक

खोटाङ – प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नं. १ मतगणना भई रहेको छ। प्राप्त मतपरिणाम अनुसार खोटाङ-१ मा लोकतान्त्रिक वाम गठबन्धनले अग्रता लिएको छ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको मतपरिणाम अनुसार ३१३९ मतगणना हुदा प्रतिनिधिसभा तर्फ लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई (पासाङ) ले  एक हजार ४३१ मत प्राप्त गरेव अग्रता लिएका छन्। त्यस्तै उनका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार विशाल भट्टराईले एक हजार ३६० मत प्राप्त गरी दोस्रो स्थानमा रहेका छन्। 

प्रदेशसभा-१ (क) तर्फ गठबन्धनकै अग्रता: 

खोटाङ – १ (क) तर्फ चार हजार ७०६ मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धनका एकीकृत समाजवादीका उम्मेदवार वीरवलकाजी राईले एक हजार ७४९ प्राप्त गरेर अग्रता लिइरहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई (पिके) ले एक हजार ४८७ मत प्राप्त गरेका छन् । 

खोटाङ-१ (ख) तर्फ दुई हजार ९२० मतगणना हुदा लोकतान्त्रिक वाम गठबन्धन नेपाली कांग्रसका भुपेन्द्र राईले एक हजार ५०१ मत प्राप्त गरेर अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार रामप्रसाद दंगालले एक हजार २६१ मत प्राप्त गरेको निर्वाचन कार्यालय खोटाङले जनाएको छ। 

खोटाङ – १ (क) केपिलासगढी गाउँपालिका, खोटाङ -१ (ख) अन्तरगत हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकाको मतगणना सम्पन्न भएको हो। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...