News Portal

सुनसरी क्षेत्र नं. १ प्रतिनिधिसभा तर्फको मतपरिणामः राष्ट्रिय स्वतन्त्र पार्टीले लियो अग्रता

हिमालीसंचार संवाददाता
४१५ पटक

धरान – प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ सुनसरीको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको अहिलेसम्मको पाच हजार ३३ मतगणनाको मतपरिणाम निर्वाचन कार्यालयले सार्वजनिक गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार शरिन ख्वाङ तामाङ (गोमा) ले ९७३ मत प्राप्त गरी अग्रता लिएका हुन्। त्यस्तै राप्रपाका उम्मदवार अशोक राई (अविरल) ९५१ मत प्राप्त गरी दोस्रो स्थानमा रहेको छ। 

त्यस्तै, एमाले पार्टीबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेका मनोजकुमार मेन्याङ्बोले चुनाव चिन्ह्र खरायोमा ९१० मत प्राप्त गरी तेस्रो, एमाले संग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले ढल्केको छाता चुनाव चिन्हमा ७८५ मत प्राप्त गरी चौंथो र नेकपा माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) ले ७४६ मत प्राप्त गरी पाचौं स्थानमा रहेका छन्। 

त्यस्तै, कुमार कार्की घण्टाघर-१२७, तर्कबहादुर मगर पानीको जार १०१, मातृकाप्रसाद भट्टराई सूर्यमुखी फूल-८७, जनमत पार्टीको लाउड स्पिकर-२२, संधीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दाप सहितको खुकुरी-१२, जनसमाजवादी नेपालको पाचकुने तारा-१२, संजयकुमार राईको सेलरोटीको चाङ-१२, कुलबहादुर लिम्बुको क्रस खुकुरी-८, कृष्णकुमार राईको चापाकल-८, वासुप्रसाद उपाध्याय (चालिसे)को पुतली-७, विजयकुमार राईको छत्रे टोपी-५, मंगोल नेशनल अर्गनाइजेसनको कुखुराको भाले-४, करुणा राईको पानीको फिल्टर-३,  किरात खम्बुवान साझा पार्टीको ढाका टोपी-२ र जिवनकला राईकी पोते सहितको तिलहरी चुनाव चिन्ह्रमा-२ मत प्राप्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...