News Portal

उदयपुरमा ५३ प्रतिशत, सुनसरीमा ६३.६ प्रतिशत मत खस्यो

हिमालीसंचार संवाददाता
३०१ पटक

धरान – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन उदयपुरमा ५३ प्रतिशत र सुनसरीमा ६३.६ प्रतिशत मत खसेको छ।

उदयपुरमा १ सय १ मतदान स्थल र २ सय ६४ मतदान केन्द्र रहेको उदयपुरमा २ लाख २८ हजार ९४६ मतदाता रहेका छन् ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि मतदान भएको थियो ।

त्रियुगा नगरपालिका– ८ खाट मन्दिर आधारभूत विद्यालय मतदान स्थल नजिकै अज्ञात समूहले मतदान सुरु भएको केही समय मै  मोबाइल बम विस्फोट गराएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटको भवनमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को मतगणना उदयपुरको कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पस कटारीको भवनमा गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीको जानकारी दिए 

त्यस्तै, सुनसरीमा ६३ दशमलव ६ प्रतिशत मत खसेको छ ।  सुनसरीमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । १ लाख ६९ हजार २३५ जना पुरुष र १ लाख ७७ हजार ४ सय ५४ जना महिलाले यस्तै, ४ जना अन्यले पनि मतदान गरेको जिप्रकाको प्रकाशित सूचनामा भनिएको छ। 

धरानमा पनी विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको स्थानीय संचार माध्यमले सम्प्रेशन गरेका छन्। नेपाली सेनाको पुर्वी पृतनाले उक्त बस्तु निस्कृय गरेको बताइएका छ। 

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...