News Portal

उदयपुरमा ५३ प्रतिशत, सुनसरीमा ६३.६ प्रतिशत मत खस्यो

हिमालीसंचार संवाददाता
३७८ पटक

धरान – प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचन उदयपुरमा ५३ प्रतिशत र सुनसरीमा ६३.६ प्रतिशत मत खसेको छ।

उदयपुरमा १ सय १ मतदान स्थल र २ सय ६४ मतदान केन्द्र रहेको उदयपुरमा २ लाख २८ हजार ९४६ मतदाता रहेका छन् ।  दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यको लागि मतदान भएको थियो ।

त्रियुगा नगरपालिका– ८ खाट मन्दिर आधारभूत विद्यालय मतदान स्थल नजिकै अज्ञात समूहले मतदान सुरु भएको केही समय मै  मोबाइल बम विस्फोट गराएका थिए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटको भवनमा र प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को मतगणना उदयपुरको कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पस कटारीको भवनमा गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीको जानकारी दिए 

त्यस्तै, सुनसरीमा ६३ दशमलव ६ प्रतिशत मत खसेको छ ।  सुनसरीमा कुल ३ लाख ४६ हजार ६ सय ९३ जनाले मतदान गरेका छन् । १ लाख ६९ हजार २३५ जना पुरुष र १ लाख ७७ हजार ४ सय ५४ जना महिलाले यस्तै, ४ जना अन्यले पनि मतदान गरेको जिप्रकाको प्रकाशित सूचनामा भनिएको छ। 

धरानमा पनी विजयपुरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय नजिकै शंकास्पद वस्तु भेटिएको स्थानीय संचार माध्यमले सम्प्रेशन गरेका छन्। नेपाली सेनाको पुर्वी पृतनाले उक्त बस्तु निस्कृय गरेको बताइएका छ। 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...