News Portal

मतदान शुरु भएको पाँच घण्टा, चार ठाउँमा गोली चल्यो, हिमाली भेगमा चिसोका कारण समस्या

हिमालीसंचार संवाददाता
२३९ पटक

काठमाडौं – आज मंसिर ४ गते बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको निर्वाचनको मतदानका क्रममा केही ठाउँमा गोली चलेका छन् ।

मतदानका क्रममा चितवन, सिराहा, रौतहट, दोलखामा गोली चलेको छ भने वर्दियाको एक ठाउमा बम विस्फोट भएको छ । साथै गुल्मीमा कार्यकर्ताको विरोध र हुम्लामा चिसोका कारण मतदान हुन नसकेको समाचार प्राप्त भएको छ ।

सिराहामा मतपेटीका खोसाखोस भएपछि प्रहरीले गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मत पेटीका खोसाखोस भएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीका अनुसार स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको र हाल समस्या समाधान गरी मदान प्रक्रिया पुन: सुरु भएको छ ।

त्यस्तै, चितवनको क्षेत्र नं १ मा रहेको ब्रह्मस्थानी मतदान केन्द्रको वुथमा मतदान भइरहेको अवस्थामा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित भएको छ । राप्ती नगरपालिका ८ मा रहेको उक्त वुथमा मतपेटीका जलाउने प्रयास भएपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

त्यसैगरी रौतहटमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि हवाई फायर गरिएको छ । गुजारा नगरपालिका ४ मा रहेको मतदान केन्द्रमा दुवैतिरका कार्यकर्ताबीच झडप भधएपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्रबाहिर उनीहरुबीच झडप भएपछि उनीहरुलाई तितरवितर पार्न गोली चलाएको हो । हाल शान्तिपूर्णरुपमा मतदान भइरहेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै, दोलखामा पनि गोली चल्योः निर्वाचनका क्रममा हुलदंगा गर्न आएपछि दोलखामा प्रहरीले गोली चलाएको छ । दोलखाको तामाकोशी गाउँपालिकामा रहेको गोल्मेश्वर मतदान केन्द्रमा विभिन्न दलका कार्यकर्ताले मतदान विथोल्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिएकी छन् । उनका अनुसार अहिले त्यहाँ मतदान रोकिएको छ ।

त्यस्तै बर्दियामा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । बर्दिया क्षेत्र नम्बर १ मा रहेको नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्र नजिकै खेतमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको डिस्पोजल टोलीले खोजी गरिरहेको छ । त्यहाँ मतदान सुरु हुनासाथ स्कुलको भवनमाथि र खेतमा विस्फोट भएको थियो । विस्फोटपछि मतदाता भागाभाग भएको बताइएको छ ।

त्यस्तै कैलालीको धनगढीको एक मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार त्यहाँ विस्फोटक पदार्थ पड्किए पनि कुनै क्षति भएको छैन । उनका अनुसार अहिले त्यहाँको स्थिति सामान्य रहेको छ ।

हुम्लाका यी ठाउँमा मतदान हुनै सकेनः हुम्लामा अत्यधिक चिसोका कारण मतदान हुन सकेको छैन । नाम्खा गाउँपालिका– ६ का तीन र वडा– ५ को मुचुमा मतदान केन्द्रमा मतदान सुरु गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय, तिल गाउँको हिमशिखर आधारभूत र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसोको कारण मतदान सुरु गर्न नसकिएको हो । ५९ मतदान केन्द्र रहेको हुम्दामा ५५ मतदान केन्द्रमा भने मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले जानकारी दिएका छन् ।

गुल्मीको मालिकामा मतदान स्थगितः गुल्मीको मालिका गाउँपालिका ५ मा रहेको मतदान केन्द्रमा मतदान स्थगीत भएको छ । मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यँलयमा भइरहेको मतदानका क्रममा सत्तारूढ गठबन्धनका कार्यकर्ताले प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै विरोध गरेपछि मतदान स्थगित गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...