News Portal

मतदान शुरु भएको पाँच घण्टा, चार ठाउँमा गोली चल्यो, हिमाली भेगमा चिसोका कारण समस्या

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौं – आज मंसिर ४ गते बिहान ७ बजेदेखि सुरु भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य तर्फको निर्वाचनको मतदानका क्रममा केही ठाउँमा गोली चलेका छन् ।

मतदानका क्रममा चितवन, सिराहा, रौतहट, दोलखामा गोली चलेको छ भने वर्दियाको एक ठाउमा बम विस्फोट भएको छ । साथै गुल्मीमा कार्यकर्ताको विरोध र हुम्लामा चिसोका कारण मतदान हुन नसकेको समाचार प्राप्त भएको छ ।

सिराहामा मतपेटीका खोसाखोस भएपछि प्रहरीले गोली चलाएको छ । सिराहाको कर्जन्हा नगरपालिकाका ६ को जनता मावि बडहरामाल बुथमा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एकीकृत समाजवादी) पार्टीका कार्यकर्ताबीच मत पेटीका खोसाखोस भएपछि प्रहरीले ३ राउण्ड गोली चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी सुवास बुढाथोकीका अनुसार स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको र हाल समस्या समाधान गरी मदान प्रक्रिया पुन: सुरु भएको छ ।

त्यस्तै, चितवनको क्षेत्र नं १ मा रहेको ब्रह्मस्थानी मतदान केन्द्रको वुथमा मतदान भइरहेको अवस्थामा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयास गरेपछि मतदान स्थगित भएको छ । राप्ती नगरपालिका ८ मा रहेको उक्त वुथमा मतपेटीका जलाउने प्रयास भएपछि प्रहरीले एक राउण्ड हवाई फायर समेत गरेको छ ।

त्यसैगरी रौतहटमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि हवाई फायर गरिएको छ । गुजारा नगरपालिका ४ मा रहेको मतदान केन्द्रमा दुवैतिरका कार्यकर्ताबीच झडप भधएपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्रबाहिर उनीहरुबीच झडप भएपछि उनीहरुलाई तितरवितर पार्न गोली चलाएको हो । हाल शान्तिपूर्णरुपमा मतदान भइरहेको पनि प्रहरीले जनाएको छ ।

त्यस्तै, दोलखामा पनि गोली चल्योः निर्वाचनका क्रममा हुलदंगा गर्न आएपछि दोलखामा प्रहरीले गोली चलाएको छ । दोलखाको तामाकोशी गाउँपालिकामा रहेको गोल्मेश्वर मतदान केन्द्रमा विभिन्न दलका कार्यकर्ताले मतदान विथोल्न खोजेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको बागमति प्रदेश प्रहरी प्रमुख डीआईजी किरण बज्रचार्यले जानकारी दिएकी छन् । उनका अनुसार अहिले त्यहाँ मतदान रोकिएको छ ।

त्यस्तै बर्दियामा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ । बर्दिया क्षेत्र नम्बर १ मा रहेको नेरा सम्भुशरणा प्रावि खैरापुर मतदान केन्द्र नजिकै खेतमा बम विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेनाको डिस्पोजल टोलीले खोजी गरिरहेको छ । त्यहाँ मतदान सुरु हुनासाथ स्कुलको भवनमाथि र खेतमा विस्फोट भएको थियो । विस्फोटपछि मतदाता भागाभाग भएको बताइएको छ ।

त्यस्तै कैलालीको धनगढीको एक मतदान केन्द्र नजिक बम विस्फोट भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार त्यहाँ विस्फोटक पदार्थ पड्किए पनि कुनै क्षति भएको छैन । उनका अनुसार अहिले त्यहाँको स्थिति सामान्य रहेको छ ।

हुम्लाका यी ठाउँमा मतदान हुनै सकेनः हुम्लामा अत्यधिक चिसोका कारण मतदान हुन सकेको छैन । नाम्खा गाउँपालिका– ६ का तीन र वडा– ५ को मुचुमा मतदान केन्द्रमा मतदान सुरु गर्न सकिएको छैन ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार लिमीको हल्जी गाउँको सुनखानी आधारभूत विद्यालय, जाङ गाउँको भृकुटी आधारभूत विद्यालय, तिल गाउँको हिमशिखर आधारभूत र मुचुको खासरपानी आधारभूत मतदान केन्द्रमा चिसोको कारण मतदान सुरु गर्न नसकिएको हो । ५९ मतदान केन्द्र रहेको हुम्दामा ५५ मतदान केन्द्रमा भने मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका श्यामबहादुर रानाले जानकारी दिएका छन् ।

गुल्मीको मालिकामा मतदान स्थगितः गुल्मीको मालिका गाउँपालिका ५ मा रहेको मतदान केन्द्रमा मतदान स्थगीत भएको छ । मालिका गाउँपालिका–५ को छापहिले माध्यमिक विद्यँलयमा भइरहेको मतदानका क्रममा सत्तारूढ गठबन्धनका कार्यकर्ताले प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएको भन्दै विरोध गरेपछि मतदान स्थगित गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...