News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गठबन्धनका उम्मेदवारहरुलाई मंसिर ४ गतेपछि जनताले सडकमा पुऱ्याउछन् – मेन्याङ्बो (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    १९२ पटक

    धरान – धरानका पूर्व मेयर मनोजकुमार मेन्याङबो एमाले पार्टीको निर्णय विरुद्ध असन्तुष्टि जनाउदै विद्रोह गरी सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्येक्ष तर्फ स्वतन्त्र उम्मेदवारी दिएका मेन्याङबोले हेवीवेट भएका गठबन्धनका उम्मेदवारहरुलाई मंसिर ४ गतेपछि जनताले सडकमा पुऱ्याउने बताएका छन्।

    धरानको भानुचोकमा आयोजित चुनावी सभा तर्फ ठुलो संख्यामा उपस्थित समर्थक सहित छाताचोक हुदै चुनावी सभा हल प्रवेश गरेका स्वतन्त्र उम्मेदवार मेन्याङबोले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा “नेपालका ठुला पार्टी, राष्ट्रिय पार्टी हु भन्ने पार्टीका नेताहरुले हामी सुनसरी १ नम्बर क्षेत्रका नेता र कार्यकर्ताहरुको भावनाको कहिले कदर नगरेको बताए । हिजो पञ्चयतकालमा होस् लोकतान्त्रिक कालमा होस् या आजको गणतान्त्रिक कालमा होस्? हामीहरु सधै उपेक्षित बन्दै आएको बताए। 

    उनले आफ्नो नेतृत्वसंग असन्तुष्टि जनाउदै हामीले धेरै अनुनय विनय गऱ्यौं, विन्ति विसायौं धरानका विकासका लागि, एक नम्बर क्षेत्रको विकासका लागि धेरै योजनाहरुको लागि विन्ति विसायौं। तर, धरान र धरानका आसपासमा रहेको सुनसरी एक नम्बर क्षेत्रको विकासका लागि ठुला कार्यक्रमहरु प्राप्त गर्न नसकेको उनको भनाई थियो। ठुला बजेटहरु प्राप्त हुन सकेन। सुनसरी एकको ठुलो परिवर्तन गर्न सक्ने खालका कार्यक्रम प्राप्त हुन सकेन। यो विडम्बना त थिदै थियो। पछिल्लो समय ठुला पार्टी हु भन्ने काग्रेस र एमालेका नेता र कार्यकर्ताहरुले आफ्नो नेता चुन्न पाउन छोडेको उनको गुनासो थियो। जहिले केन्द्रको आदेश मान्नु पर्ने माथीबाट जस्तो उम्मेदवार तोकिन्छ त्यस्तै स्वीकार्नु पर्ने बाध्यता रहेको उनको गुनासो थियो। 

    त्यस्तो पार्टीको निर्णय आफुलाई सैय नभएको कारणले एमालेको साधारण सदस्य नरहने गरी राजीनामा गरेर मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा खरायो चुनाव चिन्ह लिएर सदस्यको प्रत्यासी बन्न परेको उनको भनाई थियो। उनले भने मलाई गर्व छ, आज यी पार्टीका नेताहरु लिलमिलाएका छन्। ठुल ठुला गठबन्धन गरेर आएका उम्मेदवारहरु तिलमिलाएका छन्। आज जनताहरु खरायोको पक्षमा, मनोज मेन्याङ्बोको पक्षमा, धराने छोरोको पक्षमा, एक नम्बर क्षेत्रको छोरोको पक्षमा, एक नम्बरको विकास वाहक इमानदार र कर्मठ छोरोको पक्षमा आज धरानका जनताहरु सिगै एक नम्बर क्षेत्रका जनताहरु उभिएका छन्। त्यसैले गर्दा आज तिलमिलाएका छन् । 

    उनका अनुसार उनीहरुले अफवाह फैलाउन थालेका छन् । मनोज मन्याङबो आफुले जीत्न चुनाव लडेका होइनन्। माओवादीका उम्मेदवारलाई जिताउनका लागि सड्यन्त्र गरेर आएको मान्छे हो। मेन्याङ्बोले फ्लोर तर्फ प्रश्न गर्दै आफ्नो उम्मेदवारी त्यस्तै लाग्छ भनेर प्रश्न गरेका थिए। म कसैलाई जिताउनका लागि छत्म बेसी भएर उम्मेदवारी बन्न आएको होइन। म हिजोदेखिको एउटा कर्मठ, इमान्दार सामाजिक कार्यकर्ता, राजनीतिक कार्यकर्ता र राजनीतिककर्मी भएको बताए। म आफै जित्न र एक नम्बर क्षेत्रको जनताहरुलाई जिताउनका लागि, हाम्रो क्षेत्रका जनताहरुलाई अधिकार सम्पन्न गराउनका लागि, नेपाली काग्रेस र  नेकपा माओवादीका नेता र कार्यकर्ताहरुलाई अब आइन्दा पार्टीका नेताहरुले दासका रुपमा हेर्न नसकुन भन्ने ध्येयका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारे। 

    नेकपा एमालेका अधिकांश कार्यकर्ताहरु आफ्नो पक्षमा उभिनु भएको बताएका मन्याङबोले नेपाली कांग्रसको पनी नेता कार्यकर्ताहरुको भावना बोकेको कारणले गर्दा वहाहरुको भावना र मेरो भावना गासिएको बताए । मेरो विजय वहाहरु आफ्नो प्रतिष्ठा गासी रहनु भएको छ। नेकपा माओवादी भित्रका साथीहरुको अबस्था पनी त्यस्तै छ। जसपा पार्टीका युवा कार्यकर्ताको भावनमा पनी मेरो भावना गासिएको छ उनको भनाई थियो। 

    म १३ बर्षको उमेरदेखि एमालेको कार्यकर्ता भएर अहोरात्र खटिए पनी आफ्नो पार्टी हुन नसकेको बताए। उनी एक कार्यकाल धरानको उपमेयर र आर्को कार्यकाल मेयर भएर आधुनिक धरानको परिकल्पना गरेको बताएका मेन्याङबोले १९ वडा रहेको धरानको सडक स्तोरन्ति गरेको स्मरण गरे। उनले नेपालको सुन्दर शहरको रुपमा धरानलाई चिनाउदै पुरस्कृत भएको समरण गरे।धरान नगरपालिकालाई नमुना नगरपालिका बनाएको उनको धराणा थियो। 

    उनले आफु संसदमा निर्वाचित भए। धरानका मेयर साम्पाङसंग धरानका हरेक समस्याको हल गर्ने बताएका मेन्याङबोले खानेपानीको श्रोतहरु पहिचान गरी खानेपानी समस्याको समाधान गर्ने बताए। उनले मेयर हर्क तारिफ गरे पनी सल्लाहकारको अभाव रहेको उनको बुझाई थियो। त्यस्तै धरानमा सुकुम्बासी समस्या, सप्तकोशी बाडी पीडित समस्या र सर्दु जलाधारको समस्या समाधनका लागि आवश्यक परामर्श लिएर समग्र समस्याको समाधान गर्ने बताए। 

    मेन्याङ्बोले अधिकाशं समय धरानको समग्र उन्नति, प्रगति र विकासका लागि समय खर्चेका एमालेबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएर खरायो चुनाव चिन्ह लिएर चुनाव लड्दै गरेका उनले एमालेमा फर्कन सक्ने विरोधीहरुलाई मनोजले थुकेको थुक नचाट्ने जबाफ फर्काएका थिए। उनले थप स्पष्ट पार्दै भने मेरो पुर्नवास दिवास्वप्न भएको स्पष्ट पारे।

    प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीको क्षेत्र नं. १ मा  धरानका २० वटै वडामा गरी १ लाख ४ हजार, बराहक्षेत्र नगरका ५ वडामा २७ हजार ८६ र रामधुनी नगरका २ वडामा १० हजार ६७४ मतदाता छन्। सुनसरी क्षेत्र नं. १ मा कुल १ लाख ४१ हजार ८ सय ७८ मतदाता रहेका छन्। अहिलेसम्मको चुनावी माहोल हेर्दा चर्को र रोचक प्रतिस्पर्धा हुने देखिएको छ।

    प्रतिकृया दिनुहोस्

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...

    ज्ञानेन्द्र शाहले लुम्बिनीमा गरे हजार बुद्ध मन्दिरको पूजा

    दाङ। पूर्वराजा ज्ञानेन्द्र शाहले रुपन्देहीको लुम्बिनीस्थित हजार बुद्ध मन्दिरमा पुजाअर्चना गरेका छन्। मन्दिर उदघाटन अवसरमा...

    फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५...

    आज कम्बोडिया जाँदै सभामुख देवराज घिमिरे

    काठमाडौं। सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन्। सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११...

    नेपाल एकता पार्टी घोषणा, पृथ्वीपथ र महेन्द्रपथ मूल सिद्धान्त

    काठमाडौं। डा.महेन्द्रजंग शाहको अध्यक्षतामा नेपाल एकता पार्टी घोषणा भएको छ। आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा...