News Portal

चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धरान आउने

हिमालीसंचार संवाददाता
३१५ पटक

धरान – आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको  निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धन सुनसरी क्षेत्र नं. १ धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भोली धरान आउने भएका छन्।

त्यस्तै, चुनावी सभालाई सम्बोधन गर्न कांग्रेसका केन्द्रीय प्रवक्ता प्रकाश शरण महत, नेकपा (एकीकृत समाजवादी) पोलिटव्युरो सदस्य सहित नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका केन्द्रीय एवं प्रदेश तहका नेताहरूको समेत चुनावी सभामा सहभागिता रहने बताइएको छ।  केन्द्रिय तहका नेताहरूको व्यस्तताका कारण तोकिएको समयमा चुनावी सभा सम्पन्न हुने भएको छ। आयोजकका अनुसार दिनको ठीक ११ बजे निर्धारित समयमा कार्यक्रम हुने भएको हो। 

सुनसरी क्षेत्र नं. १ का लागि नेपाली कांग्रेस, नेकपा (माओवादी) र एकीकृत समाजबादी पार्टीले गठबन्धन गरेका छन्।  प्रदेश सभा -१ (क)  तर्फ नेपाली काग्रेसका उमेश थापा, प्रदेश सभा (ख) तर्फ नेकपा (एकीकृत समाजवादी) का रेवती रमण राई र प्रतिनिधिसभा सदस्य तर्फ नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य मुक्साम हाङ मेन्याङबो (मुकेश) चुनावी मैदानमा रहेका छन्। 

गठबन्धनका उम्मेदवारहरुले आफ्ना धोषणा-पत्र सहित घर दैलो कार्यक्रमलाई तिब्रता दिइरहेका छन्। प्रदेश नं. १ को नामकरण, खानेपानी, सिटी अस्पताल निर्माण, सडक संजाल, सास्कृतिक विकास र मजदुरका समस्या समाधान जस्ता महत्वपूर्ण योजनाहरुलाई मुख्य प्राथामिकतामा राखेर आफ्नो प्रतिबद्धता जाहेर गरिरहेका छन्। 

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...