News Portal

खोटाङमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धि प्रशिक्षण दियो

हिमालीसंचार संवाददाता
२३८ पटक

खोटाङ – आगामी मंसिर ४ गते तोकिएको निर्वाचन सम्पन्न गराउनका लागि जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न गर्न निर्वाचन कार्यालय खोटाङले मतदान गराउने जिम्मेवारी पाएका १९६ जना मतदान अधिकृत र १९६ जना सहायक मतदान अधिकृतलाई निर्वाचन सम्वन्धी प्रशिक्षण दिएको हो ।

निर्वाचन सामग्री सहित मतदान केन्द्र पुग्ने, मतदान सम्पन्न गराउने, खसेको मतपत्र सुरक्षित मूख्य निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउने लगायतका दायित्वका विषयमा जानकारी दिन निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएको जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी लोकेन्द्र कुमार राईले हिमालीसंचारडटकमसंग बताए ।

जिल्लाको उत्तरीभेग तर्फका केपिलासगढी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर प्रशिक्षण दिइएको हो ।

त्यस्तै, हलेसी तुवाचुङ नगरपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई सहभागी गराएर एक दिन प्रशिक्षण दिएको जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ । 

मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई काम, कर्तव्य, अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिइएको छ । उक्त प्रशिक्षणमा सहभागी मतदान अधिकृत, सहायक मतदान अधिकृत लगायतका कर्मचारीहरुले निर्वाचन सामग्री सहित मंसिर १ गतेसम्म मतदानस्थल पुगिसक्ने निर्वाचन कार्यालय खोटाङले जनाएको छ। 

खोटाङ जिल्लामा दुई नगरपालिका र आठ गाउँपालिकामा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कैंदीहरुले मताधिकार प्रयोग गर्न पाउने समेत निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै, कर्मचारी र सुरक्षाकर्मीका लागि जिल्ला समन्वय समिति र कैंदीका लागि जिल्ला कारागार खोटाङमा अस्थायी मतदान केन्द्र खडा गरिने छ । कर्मचारी, सुरक्षाकर्मी र कैंदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र भोट हाल्न पाउने प्रावधान रहेको छ। खोटाङमा १ लाख ४२ हजार ७९२ मतदाता रहेका छन्। 

प्रतिकृया दिनुहोस्

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...

माधे सङ्क्रान्तिका लागि चिउरा कुटाउनेको घुइँचो

रबिन्द्र बराल मोरङ– मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रका कुटानी–पिसानी मिलहरूमा यतिबेला चिउरा कुटाउने सर्वसाधारणको घुइँचो...