News Portal

खोटाङको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमालीसंचार संवाददाता
२६१ पटक

खोटाङ – आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालनदेखि निर्वाचन सम्पन्न गराउने उदेश्यले जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

यहि असोज १५ गतेदेखि २०गतेसम्म प्रत्येक निर्वाचन क्षेत्रमा एक-एकवटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्य तालिका अनुसार खोटाङ जिल्लामा पनी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृतको रुपमा रहने कानूनी व्यवस्था छ। सो व्यवस्था अनुसार न्यायाधिश सुवासबाबु पुरीले आजदेखि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् । आसन्न निर्वाचनका लागि खोटाङ जिल्लाका १ लाख ४२ हजार ७९२ मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...