News Portal

खोटाङको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हिमालीसंचार संवाददाता
३७४ पटक

खोटाङ – आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गतेका लागि तोकिएको निर्वाचन सम्वन्धी गतिविधि सञ्चालनदेखि निर्वाचन सम्पन्न गराउने उदेश्यले जिल्ला अदालतमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

यहि असोज १५ गतेदेखि २०गतेसम्म प्रत्येक निर्वाचन क्षेत्रमा एक-एकवटा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्वाचन आयोगको कार्य तालिका अनुसार खोटाङ जिल्लामा पनी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जिल्ला न्यायधिस मुख्य निर्वाचन अधिकृतको रुपमा रहने कानूनी व्यवस्था छ। सो व्यवस्था अनुसार न्यायाधिश सुवासबाबु पुरीले आजदेखि मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालेका छन् । आसन्न निर्वाचनका लागि खोटाङ जिल्लाका १ लाख ४२ हजार ७९२ मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालय खोटाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...