News Portal

किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको अध्यक्षमा जीवन हाताचो चयन (फोटो फिचर)

हिमालीसंचार संवाददाता
६७६ पटक

काठमाडौं – “किरात सभ्यता, इतिहास, भूगोल र संरक्षण हाम्रो संकल्प, १ नं. प्रदेश किरात प्रदेश नामकरण नै प्रदेशबासीको अन्तिम विकल्प।” भन्ने मुल नाराका साथ उद्धाटन गरिएको ११औं राष्ट्रिय महाधिवेशनले किरात राई यायोक्खा केन्द्रिय कार्य समितिको अध्यक्षमा जीवन हाताचो राई सर्वसम्मत चयन गरिएको छ।

किरात राई यायोक्खाको एघारौं महाधिवेशन उद्धाटन समारोह गत असोज ८ गत्ते काठमाडौंको प्रर्दशनी मार्ग स्थित राष्ट्रिय सभाहलमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आथित्यमा उद्धाटन गरिएको थियो। 

यायोक्खाले बन्द सत्रका लागि भक्तपुरको कृषी तालिम केन्द्र स्थित बोडेमा दुई दिनभित्र सम्पन्न गर्ने भनिएको कार्यक्रम तीन दिनसम्म कार्यक्रम आयोजना गरी यायोक्खाले जीवन हाताचो राईको अध्यक्षमा केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। 

यायोक्खाको एघारौं राष्ट्रिय महाधिवेशनले १ जना अध्यक्ष, २ जना सह-अध्यक्ष, ७ जना उपाध्यक्ष, १ जना महासचिव, ५ जना उपमहासचिव, ७ जना सचिव, १ जना कोषाध्यक्ष ३ जना सह-कोषाध्यक्ष र अठाह्र जना केन्द्रिय सदस्य गरी ३५ जनाको मुल कार्य समिति सर्वसम्मत चयन गरिएको हो। 

यायोक्खाको एघारौं महाधिवेशनका लागि देशभरका २५ जिल्लाहरु, ८ वटा भातृ संस्थाहरु, १९ वटा थरगत भाषिक संस्थाहरु, १९ वटा नै विदेश शाखा संगठनहरु र ७ वटा सम्बन्धन संस्थाहरुबाट ५ सय भन्दा धेरै प्रतिनिधिहरु-परिवेक्षकहरुको सहभागिता रहेको केन्द्रिय महासचिव जनक राईले हिमालीसंचारडटकमसंग जानकारी दिए। 

फोटो फिचर:

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...