News Portal

गुरुङ ‘तमु’ समाज मकाउले क्यानसर पिडीत सिक्लेसका गुरुङलाई गरे आर्थिक सहयोग (भिडियो सहित)

क्यानसर पिडीत गुरुङलाई समाजले नगद १ लाख १८ हजार २ सय सहयोग गरेका हुन्

हिमालीसंचार संवाददाता
६८० पटक

काठमाडौं – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा मादि गाउँपालिका वडा नं १ सिक्लेस निवासी टंकप्रसाद गुरुङ ‘साजन’ विगत एक वर्षदेखि क्यान्सर पिडित उपचारत गुरुङलाई मकाउमा संगठीत समाजद्वारा आर्थिक सहयोग गरिएको छ। 

क्यासर पिडीत गुरुङको आर्थिक अबस्था कमजोर भएको कारण गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको अध्यक्ष लिलबहादुर गुरुङ “गोरा” र समाजका सक्रिय सदस्य नरेश गुरुङको सक्रियतामा आर्थिक संकलन गरी मकाउमा संकलित रकम गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको पुर्व अध्यक्ष राजेश गुरुङ लगायद समाजका सदस्यहरु मार्फत क्यानसर पिडीत गुरुङलाई नगद १ लाख १८ हजार २ सय हस्तान्त्रण गरिएको अध्यक्ष गुरुङ “गोरा” ले हिमालीसंचारडटकमसंग बताए। 

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको सक्रियतामा सन्तोष गुरुङ, नरेश गुरुङ, गिरी गुरुङ, लिलबहादुर गुरुङ (गोरा), भिम गुरुङ, अमृत गुरुङ, याम गुरुङ, पूर्णबहादुर गुरुङ, मणी गुरुङ, सन्तोष गुरुङ, धन गुरुङ, सूर्य गुरुङ, शंकर गुरुङ, दिपक गुरुङ, भिस्म गुरुङ, जोक गुरुङ, मनकुमारी गुरुङ, धनबहादुर गुरुङ, विरबल गुरुङ, रोसन गुरुङ, धनबहादुर गुरुङ, चित्र लोक गुरुङ, अशोक गुरुङ, धनबहादुर गुरुङ, राज गुरुङ, फौद गुरुङ, प्रसान्त कुवर, धन कुमार, छविन्द्र थापा, मकाउका युवा व्यावसायी सागर अधिकारी र शेर्पा समाज मकाउका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा लगायदका सहयोगी महानुभावहरुले आर्थिक सहयोग गरेका थिए। 

क्यानसर पिडीत टंकप्रसाद गुरुङ “साजन” घाँटी र मुखमा गम्भीर समस्य रहेका कारण नेपाल क्यानसर अस्पताल हरिशिद्धि ललितपुरमा उपचारत छन् । गुरुङ ‘तमु’ समाज मकाउ सार चीनको आह्वानमा आर्थिक सहयोग गर्नु हुने तमाम् मकाउमा रहनु हुने दाजुभाई तथा दिदिबहिनी, मनकारी सहयोगी महानुभावहरुमा अध्यक्ष गुरुङ “गोरा”ले हार्दिक आभार सहित धन्याबाद दिए भने क्यान्सर पिडीत गुरुङको स्वास्थ्यालाभको कामना समेत गरे। 

भिडियो यहा हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...