News Portal

  • किन बन्द भयो गुगल प्लस ?

    ५३३ पटक

    एजेन्सी :गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो ।

    यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गुगलले गरिरहेको छ ।

    गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरेफेस (एपिआइ) मा एक बग फेला पारेको थियो । रिपोर्ट अनुसार उक्त सफ्टवेयर कमजोरीका कारण बाह्य सफ्टवेयर डेभलपर्स तथा ह्याकरहरुले गुगल प्लस प्रयोगकर्ताका प्रोफाइलमा पहुँच स्थापित गरेका थिए ।

    यसले प्रयोगकर्ताको प्रोफाइल नाम, इमेल ठेगाना, पेशा, लिंग तथा उमेर जस्ता डाटाहरुलाई असुरक्षित बनाएको थियो । यसबाहेकका प्रयोगकर्ताका अरु कुनै डाटा असुरक्षित नभएको गुगलको दाबी छ ।

    गुगल प्लसमा सफ्टवेयरको कमजोरीका कारण सन् २०१५ देखि २०१८ को बीचमा बाह्य सफ्टवेयर डेभलपर्सले गुगल प्लसका प्रयोगकर्ताका प्रोफाइलका डाटाहरु ह्याक गर्ने कोसिस गरेका थिए । गुगलका अनुसार करीब ५लाख गुगल प्लस प्रयोगकर्ताका निजी डाटामा निसाना साँधिएको थियो ।

    अहिले उक्त बगको समस्या समाधान गरिएको गुगलले जनाएको छ । गत मार्चमै उक्त बगलाई ठीक पारेको गुगलको दाबी छ । यद्यपि कम्पनीले हालसम्म उक्त विषयलाई गुपचुप राखेको थियो । कानूनी रुपमा बाध्य नभएकोले यसलार्य सार्वजनिक नगरेको गुगलको जिकिर छ ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...