News Portal

किन बन्द भयो गुगल प्लस ?

६१५ पटक

एजेन्सी :गुगलले आफ्नो सोसल मिडिया प्लेटफर्म गुगल प्लस अन्ततः बन्द गरेको छ । पछिल्लो पटक करीब ५ लाख प्रयोगकर्ताका निजी डाटा जोखिममा परेको खुलासा भएसँगै गुगलले यस्तो निर्णय गरेको हो ।

यद्यपि ह्याकिङका कारण जोखिममा परेका ५ लाख प्रयोगकर्ताका डाटाको अनधिकृत दुरुपयोग भने हुन नपाएको दाबी गुगलले गरिरहेको छ ।

गुगलले आफ्नो सोसल मिडिया प्लाटफर्म गुगल प्लसको एप्लिकेसन प्रोग्रामिङ्ग इन्टरेफेस (एपिआइ) मा एक बग फेला पारेको थियो । रिपोर्ट अनुसार उक्त सफ्टवेयर कमजोरीका कारण बाह्य सफ्टवेयर डेभलपर्स तथा ह्याकरहरुले गुगल प्लस प्रयोगकर्ताका प्रोफाइलमा पहुँच स्थापित गरेका थिए ।

यसले प्रयोगकर्ताको प्रोफाइल नाम, इमेल ठेगाना, पेशा, लिंग तथा उमेर जस्ता डाटाहरुलाई असुरक्षित बनाएको थियो । यसबाहेकका प्रयोगकर्ताका अरु कुनै डाटा असुरक्षित नभएको गुगलको दाबी छ ।

गुगल प्लसमा सफ्टवेयरको कमजोरीका कारण सन् २०१५ देखि २०१८ को बीचमा बाह्य सफ्टवेयर डेभलपर्सले गुगल प्लसका प्रयोगकर्ताका प्रोफाइलका डाटाहरु ह्याक गर्ने कोसिस गरेका थिए । गुगलका अनुसार करीब ५लाख गुगल प्लस प्रयोगकर्ताका निजी डाटामा निसाना साँधिएको थियो ।

अहिले उक्त बगको समस्या समाधान गरिएको गुगलले जनाएको छ । गत मार्चमै उक्त बगलाई ठीक पारेको गुगलको दाबी छ । यद्यपि कम्पनीले हालसम्म उक्त विषयलाई गुपचुप राखेको थियो । कानूनी रुपमा बाध्य नभएकोले यसलार्य सार्वजनिक नगरेको गुगलको जिकिर छ ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...