News Portal

  • पायल्स भएकाहरूले के-के गर्ने, के-के नगर्ने? डा. हेमराज कोइराला

    हिमालीसंचार संवाददाता
    ४०६ पटक

    हर्षा, पाईल्स, बबासीर, हेमोरोईड्स, अर्ष तथा मूलब्याधि जस्ता नामबाट परिचित यो रोग अन्तर्गत मलद्वारा तथा मलाशयका भित्ताका रक्तनलीहरूका विभिन्न कारणले सुन्निन गई देखापरेका श्रृङ्खलाबद्ध समस्याहरू पर्ने गर्छन्।

    यो रोग सुरु हुँदा मलाशय तथा गुद्द्वारमा भारीपन बड्ने, चिलाउने, दिसा खलास नहुने र अली अली दुख्ने जस्ता लक्षणहरू देखापर्दछन् । रोग बड्दै गएमा मलाशयका रक्त नलिहरू सुन्निने, फुट्ने भई अकस्मात् रक्तश्राव हुने गर्दछ । सुन्निएका रक्त नलिहरू र वरिपरीका तन्तुहरू तलतिर खस्न जाँदा गुजिल्टिएर अंगुरको झुप्पा जस्तो मासुका डल्ला–डल्लीहरू गुद्द्वार वरिपरी देखिने गर्दछन् । बाह्य पाइल्स भएको भए अत्यन्त पीडा हुने दिशा अड्केको आभाष हुने उठ्न, बस्न, हिडडुल गर्न गाह्रो हुने, मलत्याग पछि पनि पेट सफा नभएको भान हुने एवं माशिपर्ने मलद्वार वरिपरी चिलाउने र दिसा बस्दा दुख्ने जस्ता लक्षणहरु पनि यो रोगमा देखा पर्दछन् । 

    कारणहरू:~

    इन्टरनल हेमरोईडल भेनस प्लेक्सेस (गुदद्वार भित्रका रक्तशिराहरू) लाई असाधारण तरिकाले तन्काइ दिने गर्छ कुनै पनि काम यो रोगको कारण हो । यी कारणहरू मध्ये कब्जियत कै भूमिका मुख्य छ । यसका अलावा ग¥हुङ्गो भारी उचाल्नाले, कलेजकोको रोग (लिवर सिरोसीस भएमा) गुदद्वारको क्यान्सर भएमा, आउ, मासी तथा डाइरीया जस्ता पेटका समस्या हुँदा, गुदा–मैथुनगर्नेहरू, गर्भवती र गर्भपात गर्नेहरूमा, मोटोपन भएकाहरूमा पाइल्सको समस्या ज्यादा देखिएकोछ । साइकियाट्रिक औषधिको सेवन गर्ने, राती जागै रहनेहरुमा, उभ्भिएर काम गर्नेहरू जस्तै ट्राफिक प्रहरी, कन्डक्टर, कुली, मजदुहरू भारोत्तोलक खेलाडीहरू ज्यादै देखिएको छ । यो रोग वंशानुगत कारणहरुले पनि हुने गर्दछ । 

    के के गर्ने ।

    १. प्रशस्त पानी पिउनुहोस ।

    २. ३ हप्तासम्म अन्न त्यागगरी फलफूल र तरकारीहरू मात्र खानुहोस ।

    ३. मोही, दालको रस, प्राकृतिक सुपको सेवन गर्नुहोस ।

    ४. तातो कटिस्नान वा सिट्जबाथ गनुहोस ।

    ५. सुपाच्य खानेकुराहरूमात्र खाने गरौ ।

    ६. अन्तरनिहित कारणहरू पत्ता लगाएर उपचार गराउनुहोस ।  

    के के नगर्ने ।

    १. दिशा गर्दा कन्ने वा बल लगाउने नगर्नुहोस् ।

    २. भारी सामान नउठाउनु होस । 

    ३. लामो समयसम्म एउटै स्थानमा बसि नरहनुहोस । 

    ४. रेचक औषधि र एनीमाको अत्यधिक प्रयोग नगर्नुहोस ।

    ५. तनाव, चिन्ता, भय, उदासिनता र नैराश्यताबाट बच्नुहोस । 

    ६. गरिष्ठ भोजनको सेवन नगर्नुहोस ।

    (डाक्टर कोइराला भरतपुर—१, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय मेडिकल डाइरेक्टर हुन्)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...