News Portal

विराटनगर महानगरपालिकाको मेयरमा काँग्रेसका कोइराला निर्वाचित

हिमालीसंचार संवाददाता
२८५ पटक

रविन्द्र बराल/विराटनगर – विराटनगर महानगरपालिकाको नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार नागेश कोइरालाले ३०१७० मत प्राप्त गरी निर्वाचित  भएका छन् । गएराति सार्वजनिक गरिएको मतपरिणामको अन्तिम मतपरिणामअनुसार कोइरालाले ३०१७० मत प्राप्त गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयर पदका उम्मेदवार सागर कुमार थापाले २१४५५ मत प्राप्त गरी पराजीत भएका हुन् । स्वतन्त्र उम्मेदवार उमेश कुमार यादव तेस्रो स्थानमा आएका थिए। 

त्यस्तै, उपमेयरमा एमालेकी उपमेयर पदका उम्मेदवार शिल्पा कार्कीले २५६८० मत प्राप्त गरी निर्वाचित भएकी छिन्। उनले जसपाका उपमेर पदका उम्मेदवार अमरेन्द्र यादवलाई पराजित गरेकी हुन् । शिल्पाले २५६८० मत प्राप्त गर्दा अमरेन्द्रले १४२१९ मत प्राप्त गरेको निर्वाचन आयोगको कार्यालयले जनाएको छ। 

विराटनगरमा सत्ता गठबन्धन रहेको थियो । जसअनुसार काँग्रेसले मेयर र जसपाले उपमेयर पाएको थियो । जसमा गठबन्धन तोड्दै विराटनगरमा उपमेयर एमालेले जितेको हो

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...