News Portal

मोरङको रंगेलीमा मतपत्र विवादका कारण, पुनः मतगणना स्थगित

हिमालीसंचार संवाददाता
४१० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ ।  जारी मतगणनामा रंगेली नगरको वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र धेरै भेटिएपछि विभिन्न पार्टीका कार्यकर्ताहरुले चर्को विरोध गर्दा मतगणना स्थगित भएको हो।

रंगेली नगरको उक्त विवादका कारण अहिले मतगणना स्थगित भएको छ। रंगेली नगर वडा नं ७ को २१३३ मतगणना भइसकेको थियो । मतगणना हुन १२१६ बाँकी रहेको थियो । तर, ३२४२ मत खसेको वडामा मतपेटिका भित्र ३३४९ मत भेटिएपछि विवाद सृजना भएपछि कार्यकर्ताले चर्को विरोध गर्दा नगरका सबै मतगणना स्थगित भएको हो। 

अहिले पार्टीका कार्यकर्ताहरुले निर्वाचन आयोगको कार्यालय अगाडि चर्को विरोध, नारावाजी साथै टायर बालेर विरोध गरिरहेका छन् । निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार वडा नम्बर ७ बाट १० वटा मतपेटिका बुझिलिएको मध्ये निर्वाचन कार्यालयले कम्पुटर सिस्टममा इन्ट्रि गर्दा १ सयको एक मुठ्ठी बढी इन्ट्रि भएको हुदा समस्या देखिएको बताए। निर्वाचन अधिकृतका अनुसार पहिला मत गणना गरिएको मतपत्र, पुनः मतगणना गर्दा मतपत्र मिल्ने बताए। 

निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार सहमतिको प्रयास भइरहेको छ। सबै पार्टीका प्रतिनिधि सहितको सर्वदलीय बैठक बसिरहेका छन् । तर अझै यो समाचार तयार पार्दासम्म कुनै सहमति भएको छैन। 

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...