News Portal

मोरङको रंगेलीमा मतपत्र विवादका कारण, पुनः मतगणना स्थगित

हिमालीसंचार संवाददाता
३७० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ ।  जारी मतगणनामा रंगेली नगरको वडा नं. ७ को मतपेटिका खोल्दा खसेको मत भन्दा १०७ मतपत्र धेरै भेटिएपछि विभिन्न पार्टीका कार्यकर्ताहरुले चर्को विरोध गर्दा मतगणना स्थगित भएको हो।

रंगेली नगरको उक्त विवादका कारण अहिले मतगणना स्थगित भएको छ। रंगेली नगर वडा नं ७ को २१३३ मतगणना भइसकेको थियो । मतगणना हुन १२१६ बाँकी रहेको थियो । तर, ३२४२ मत खसेको वडामा मतपेटिका भित्र ३३४९ मत भेटिएपछि विवाद सृजना भएपछि कार्यकर्ताले चर्को विरोध गर्दा नगरका सबै मतगणना स्थगित भएको हो। 

अहिले पार्टीका कार्यकर्ताहरुले निर्वाचन आयोगको कार्यालय अगाडि चर्को विरोध, नारावाजी साथै टायर बालेर विरोध गरिरहेका छन् । निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार वडा नम्बर ७ बाट १० वटा मतपेटिका बुझिलिएको मध्ये निर्वाचन कार्यालयले कम्पुटर सिस्टममा इन्ट्रि गर्दा १ सयको एक मुठ्ठी बढी इन्ट्रि भएको हुदा समस्या देखिएको बताए। निर्वाचन अधिकृतका अनुसार पहिला मत गणना गरिएको मतपत्र, पुनः मतगणना गर्दा मतपत्र मिल्ने बताए। 

निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार सहमतिको प्रयास भइरहेको छ। सबै पार्टीका प्रतिनिधि सहितको सर्वदलीय बैठक बसिरहेका छन् । तर अझै यो समाचार तयार पार्दासम्म कुनै सहमति भएको छैन। 

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...