News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • पिनासले सतायो ? बच्न के गर्ने ?

    हिमालीसंचार संवाददाता
    ३२० पटक

    पिनासले सताएपछि थुप्रै समस्याहरु स्वास्थ्यमा आउने गर्छ ।आँखा चर्कोसँग दुख्ने, नाकको डाँडी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरुले जीवन नै अस्तव्यस्त हुने गर्दछ ।

    आउनुहोस्, हामी पनि पिनासको बारेमा र त्यसबाट राहत पाउने उपायहरुका बारेमा केही चर्चा गरौं । पिनासलाई अंग्रेजी भाषामा साइनासाइटिस भनिन्छ । हाम्रो नाकको नरम हड्डीको दुवैतर्फ एउटा एउटा खाली भाग हुने गर्छ, जसलाई साइनस (कष्लगकभक) भन्ने गरिन्छ ।

    सामान्य अवस्थामा त्यो नरम भाग हावाले भरिएको हुन्छ । तर कुनै पनि कारणले जब त्यो भागको नरम झिल्ली जस्तो तन्तुमा संक्रमण हुन्छ । तब त्यस अवस्थालाई साइनासाइटिस (क्ष्लगकष्तष्क) अर्थात् नेपाली समाजमा पिनास भन्ने गरिन्छ ।

    सबैलाई थाहा भएकै कुरा हो । हाम्रो नाकमा म्युकस हुने गर्छ । तर जब पिनास हुन्छ। खाली ठाउँबाट त्यो म्युकस बाहिर निस्कन सक्दैन । त्यस क्षेत्रमा अवरोध आउँछ । त्यस क्षेत्रमा हुने पातलो झिल्ली संक्रमित हुन पुग्छ ।

    पिनासका लक्षणहरुः

    – पिनास भएपछि पहेंलो बाक्लो सिंगान आउँछ ।

    – नाकबाट बग्ने त्यस्ता सिंगान दुर्ग्न्धित खालको हुन्छ ।

    – संक्रमण गम्भीर हुँदै गएपछि सिंगानसँगै रगत पनि देखापर्न सक्छ ।

    – संक्रमितले गन्ध थाहा पाउन सक्दैन ।

    – नाकबाट स्वास फेर्न गाह्रो हुन थाल्छ । दमका जस्तै लक्षण देखापर्न थाल्छ ।

    किन हुन्छ पिनास ?

    पिनास हुनुको एउटै कारण भनेको साइनस हड्डीमा हुने संक्रमण हो । त्यो संक्रमण हुनुको मुख्य कारण चाहिँ चिसो नै हो । अत्यधिक मात्रामा चिसो पदार्थ (फ्रिजका वस्तुहरु चिसै खाने) सेवन तथा चिसोमा हिँड्डुल गर्नेहरुमा यो समस्या बढी देखापर्छ । त्यसैगरी, वातावरणीय प्रदूषण, धूलोधुवाले पनि यो समस्या पैदा गराइदिने गर्छ । कतिपयलाई चाहिँ घरपालुवा जनावर तथा बोटविरुवाहरुको एलर्जीका कारणले पनि यो समस्या देखापर्न सक्छ । त्यसबाहेक, नाकको हड्डी बांगो हुने समस्या भएकाहरुमा यो समस्या देखापर्ने सम्भावना बढी रहन्छ ।

    पिनास हुनुको अर्को कारण चाहिँ शरीरको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) कमजोर हुनु पनि हो । प्रतिरक्षा प्रणाली कमजोर हुँदा मानिसलाई रुघाखोकीले सजिलै लाग्ने गर्छ । जब कुनै व्यक्तिलाई रुघाखोकीले सताइरहन्छ र त्यो लामो समयसम्म रहिरहन्छ भने त्यस्ता व्यक्तिको साइनस हड्डीमा संक्रमण हुने सम्भावना पनि बढेर जान्छ । त्यस स्थितिमा पनि पिनास हुने गर्छ ।

    पिनासबाट बच्न के गर्ने ?

    पिनासले सामान्यतः धुलो धुवा अनि चिसोको स्थितिमा बढी सताउने भएकोले त्यसबाट बच्ने सबैभन्दा प्रमुख उपाय भनेकै त्यो स्थितिबाट बच्नु पा पन्छनु हो । अर्थात् पिनासबाट बच्नको लागि सबैभन्दा पहिले धुलोधुवा र चिसोबाट बच्नुपर्छ । चिसो मौसममा तथा धुलो धुवाभएको वातावरणमा हिँड्डुल गर्दा मास्क लगाउने गर्नुपर्छ ।

    चिसोबाट बच्नु भनेको आफू बस्ने कोठाहरु पनि न्यानो हुनु जरुरी हुन्छ । त्यसका लागि सकेसम्म घाम लाग्ने कोठामा बस्ने, दिनहुँ घाममा केही समय बस्ने गर्नु पनि पिनासमा लाभदायक हुन्छ । एलर्जीका कारण पिनास भएको हो भने यथासक्य एलर्जी गराउन सक्ने प्रमुख कारणहरु धुलोधुवा तथा घरपालुवा जनावरबाट टाढा रहनुपर्छ ।

    पिनासबाट बच्ने सबैभन्दा उत्तम उपायहरुमा प्रशस्त मात्रामा पानी तथा झोल पदार्थहरुको सेवन गर्नुपनि हो । प्रशस्त मात्रामा पानीको सेवनले शरीरका विषाक्त पदार्थहरु बाहिर निस्कन्छ भने झोल पदार्थहरुको सेवनले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।

    पिनास हुने मानिसले आफ्ना प्रतिरक्षा प्रणाली बलियो बनाउने खानेकुराहरु प्रशस्त खाने गर्नुपर्छ । चिसो मौसममा पाइने, भिटामीन सी प्रशस्त मात्रामा पाइने सुन्तला, कागती जस्ता फलफूलको सेवनले पनि पिनासमा राहत मिल्छ ।

    पिनासबाट मुक्ति पाउने अर्को उपाय भनेको चिसोबाट बच्ने पनि हो । पिनासको समस्या हुनेहरुले फ्रिजको चिसो खानेकुराहरु, चिसोपानी तथा चिसो पेयपदार्थहरुबाट जतिसक्यो टाढा रहनु नै सबैभन्दा उत्तम उपचार हो । त्यसैगरी, शरीरलाई चिसोबाट बचाउन शरीर न्यानो राख्ने, टाउकोमा टोपी लगाउने गर्नाले पिनासमा धेरै राहत मिल्छ ।

    पिनास हुँदा दूध र बेसारको सेवनले पनि राहत मिल्छ ।पिनासको संक्रमणमा जलनेती गर्दा पनि आराम मिल्छ । खासगरी, एउटा करुवा जस्तो टुटी भएको भाडामा नून र मनतातो पानी राखेर नाकको एउटा प्वालबाट पानी पठाएर नाकको अर्को प्वालबाट पानी निकाल्ने प्रक्रियालाई पालोपालो गर्ने हो भने पनि हड्डीको संक्रमण पखालिने, नूनतातोपानीले सेकिने भएको हुँदा निक्कै राहत मिल्छ र विस्तारै संक्रमण निको हुँदै जान्छ ।

    पिनासको संक्रमण हुने व्यक्तिहरुले आफ्नो खानपीनमा पनि विशेष ध्यान दिनुपर्छ । विशेष गरेर शरीरको रोग प्रतिरोधी क्षमता बढाउने फलफूल, सागपात तथा खानेकुराहरुमा बल गर्नुपर्छ । पिनास हुने व्यक्तिले खानपीनमा विशेष ध्यान दिनुपर्ने कुरा के हो भने सकेसम्म कुहाएर बनाइएका तथा बासी खानेकुराहरु, चिसा खानेकुराहरु खानु हुँदैन । कुहाएर बनाइएका खानेकुराहरु भन्नाले गुन्द्रक, सिन्की, बोतलमा हालिएका पुराना अचारहरु आदि बुझ्नुपर्छ ।

    प्रतिकृया दिनुहोस्

    महासचिव विप्लव सीसँग कृषि विज्ञहरूको छलफल : कृषि आत्मनिर्भरतातर्फ कदम

    चैत्र २९, कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लव सी र कृषि क्षेत्रका...

    हत्कडीसहित दुर्गा प्रसाईंलाई काठमाडौँ ल्याइयो

    काठमाडौँ, चैत्र २९ – राज्यविरुद्धको गतिविधिमा संलग्न भएको अभियोगमा फरार रहेका दुर्गा प्रसाईंलाई प्रहरीले शुक्रबार...

    प्रधानमन्त्री ओलीको व्यवहारमा दोहोरो मापदण्ड देखिएको भन्दै आजपा अध्यक्ष प्रभु साहको आपत्ति

    काठमाडौं, चैत्र २९ – आम जनता पार्ट (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको...

    दुर्गा प्रसाईं आज साढे ११ बजे काठमाडौं ल्याइँदै, संगठित अपराध र राज्यविरुद्धको अभियोगमा अनुसन्धान हुने

    काठमाडौं, चैत्र २९ – राजसंस्था पुनर्स्थापनाको मागसहितको आन्दोलनमा सक्रिय रहेका दुर्गा प्रसाईंलाई आज शुक्रबार साढे...

    भारतबाट पक्राउ परेका दुर्गा प्रसाईं झापा ल्याइए, अब काठमाडौं ल्याइने तयारीमा

    काठमाडौं, चैत्र २९ – राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले भारतको आसाम राज्यबाट पक्राउ...