News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • बेलायतको स्थानीय निर्वाचनमा दर्जनौँ नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    बेलायत – बेलायतमा यही मे ५ मा स्थानीय निर्वाचन हुँदैछ । यस निर्वाचनमा इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका मतदाताहरूले आफ्नो स्थानीय क्षेत्रका लागि प्रतिनिधिहरू चयन गर्नेछन् । आफ्नो इलाकाका मुद्दाहरू कसरी व्यवस्थित गर्ने भन्ने बारेमा निर्णय गर्ने अवसरको रूपमा यस निर्वाचनलाई हेरिन्छ ।

    इंग्ल्याण्डका १४६  काउन्सिलहरूमा ४ हजार भन्दा बढी काउन्सिलरहरु निर्वाचनमा उठेका छन् । काउन्सिलरहरुले स्थानीय क्षेत्रको फोहोरमैला व्यवस्थापन, सडक विस्तार र बस रुट, काउन्सिल ट्याक्स, मानसिक स्वास्थ्य सेवा, जलवायु परिवर्तनसँग जुध्ने उपाय लगायत एजेण्डा बोकेका छन् । पछिल्लो समय स्थानीय राजनीतिमा कयौँ नेपालीहरू आकर्षित भएका छन् । 

    यसपटकको स्थानीय निर्वाचनमा झण्डै एक दर्जन नेपालीले विभिन्न क्षेत्रबाट काउन्सिलर पदमा उम्मेदवारी दिएका छन् । विशेष गरी लेबर पार्टी र कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका नेपालीहरू यतिबेला चुनावी अभियानमा घरदैलो कार्यक्रममा व्यस्त छन् ।

    मेयर विष्णुबहादुर गुरुङः एक दशक बढी समय बेलायतको स्थानीय राजनीतिमा अनुभव बटुलिसकेका भूतपूर्व गोर्खा मेयर विष्णुबहादुर गुरुङ तेस्रो पटक पुनः काउन्सिलर उम्मेदवारको प्रतिस्पर्धामा छन् । लन्डन बरो अफ हन्स्लोको ५६ औँ मेयरमा लेबर पार्टीको प्रतिनिधित्व गर्दै गत वर्ष निर्वाचित नेपाली मूलका गुरुङ लन्डन क्षेत्रका पहिला मेयर हुन् । सन् २०१४ मा हन्स्लोकै हानवर्थ पार्क क्षेत्रबाट पहिलोपटक उनी काउन्सिलर निर्वाचित भएका थिए ।

    सन् २०१४ देखि २०१५ मा डेपुटी मेयर समेत बनेका गुरुङ सन् २०१८ मा पुनः काउन्सिलर निर्वाचित भए । दुई पटक काउन्सिलर, एकपटक डेपुटी मेयर र हाल मेयरको जिम्मेवारी सम्हाल्दै आएका गुरुङले करिब दुई दशक बेलायती सेनामा सेवा गरेका छन् ।

    सन् १९९५ मा सेनाबाट अवकाश भएपछि सन् २००५ देखि सपरिवार बेलायतमा बस्दै आएका गुरुङले सन् २०११ बाट बेलायतको लेबर पार्टीको सदस्यता लिएका हुन् ।  गुरुङ सन् २०१४ देखि स्थानीय राजनीतिमा निरन्तर संलग्न हुँदै आएका हुन् ।

    डा. जगन्नाथ शर्माः इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक नेपाली मूलका उम्मेदवार डा. जगन्नाथ शर्मा मैदानमा छन् । नर्थ योर्कसायरकै कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्मा नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका हुन् ।

    शर्मा कन्जरभेटिभ पार्टीबाट उम्मेदवार छनोट भएका हुन् । नर्थ योर्कसायर इंग्ल्यान्डको ठूलो काउन्टी मानिन्छ । शर्मा काउन्टी काउन्सिलरमा उठ्ने नेपाली मूलबाट पहिलो हुन् । अन्य नेपाली काउन्टीभन्दा तल्लो तह बरो काउन्सिलसम्म मात्र पुगेका छन् ।

    रोयल आर्मी मेडिकल कोर्पस्मा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् । बेलायती अर्थमन्त्री ऋषि सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा उनी कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् । शर्माले आफूलाई अर्थमन्त्री सुनाकले चुनावका लागि प्रचारप्रसारमा सहभागी भएर सहयोग गरेको बताएका छन् ।

    पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् । सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए ।

    स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा सङ्क्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौँ जर्नल प्रकाशित छन् । रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

    शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।

    लक्ष्य गुरुङः भूतपूर्व ब्रिटिश गोर्खा लक्ष्य गुरुङ दोश्रो पटक निर्वाचनमा सहभागी हुदैछन् । उनले सत्तारुढ कन्जरभेटिभ पार्टीका तर्फबाट बार्नेट काउन्सिल अन्तर्गत एजवेरबरी वडाका लागि काउन्सिलर पदमा उम्मेदवारी दिएका हुन् । ब्रिटिश आर्मीमा १८ वर्ष बिताएका उनलाई गोर्खा र नेपाली समुदायले पनि चुनावी अभियानमा साथ दिएका छन् । बेलायतको स्थानीय राजनीतिमा प्रवेश गर्नुअघि उनी एनआरएनए केन्द्र र बेलायती नेपाली समाजमा लामो समयसम्म सक्रिय थिए ।

    भीम सारुमगरः पूर्व गोरखा सैनिक भीम सारुमगरले ननिटन तथा वेडवर्थ काउन्सिलमा काउन्सिलरको उम्मेदवारी दिएका छन् । उनी बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीका तर्फबाट बारपुल वडाबाट काउन्सिलको उम्मेदवार बनेका हुन् । करिब ८ सय नेपालीहरू रहेको उक्त क्षेत्रको स्थानीय पार्कमा गोर्खा स्मारक खडा गरिएको छ 

    रोयल गोरखा इन्जिनियरबाट बेलायती सेनामा प्रवेश गरेका सारुले तीन दशक बेलायती सेनामा बिताएका छन् । ग्रीनवीच विश्वविद्यालयबाट हाइवे इन्जिनियरिङको अध्ययन गरेका सारूले बेलायती सेनाका विभिन्न युनिटमा रहेर उनले २४ वर्ष सेवा गरे । गत सेप्टेम्बरमा क्याप्टेन पदबाट अवकाश पाएपछि अहिले उनी ननिटन टाउनमा ‘सारु इमेजेज’ को व्यवसायमा आबद्ध छन् ।

    जीत रानाभाटः करिब डेढ दशक अघि बेलायत आएका जीत रानाभाटले लन्डनको ग्रीनवीच बरोमा काउन्सिलर पदको उम्मेदवारी दिएका छन् । ग्रीनवीचमा नेपालीहरुको उल्लेख्य बसोबास रहेको ‘प्लमस्टिड एन्ड ग्लिन्डन’ वडाको काउन्सिलरका लागि उनी चुनावी क्याम्पेनमा व्यस्त छन् । उनी विगत ८ वर्षदेखि बेलायतको लेबर पार्टीमा सक्रिय रूपमा आवद्ध छन् । 

    अहिले उनले लेबर पार्टीको प्लमस्टिड वडामा सचिवको जिम्मेवारी सम्हाल्दै आएका छन् । एनआरएनए यूकेको निवर्तमान कार्यसमितिमा सचिव रहेका उनी अहिले रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का वर्तमान अध्यक्ष पनि हुन् ।

    सुमन पुनः कन्जर्भेटिभ पार्टीका तर्फबाट युवा व्यवसायी तथा समाजसेवी सुमन पुनले रसमोर बरो काउन्सिलको चेरिवुड वार्डका लागि उम्मेदवारी दिएकी छन् ।

    सञ्जय पन्तः लन्डन–वाटफोर्ड जनरल अस्पतालमा सिनियर सर्भिस कोअर्डिनेटर सञ्जय पन्त कन्जरभेटिभ पार्टीको तर्फबाट काउन्सिलर उम्मेदवार छन् । वाटफोर्ड बरो काउन्सिलको होलिवेल वार्डबाट उनले उम्मेदवारी दिएका हुन् ।

    कमल गुरुङः कमल गुरुङ लेबर पार्टीबाट लन्डन बरो अफ बार्नेट काउन्सिलको बर्नटओक क्षेत्रमा काउन्सिलर उम्मेदवार छन् । उनी तमु समाज बेलायतको आजीवन सदस्य र सल्लाहकार हुन् । १८ वर्ष भन्दा बढी बेलायती सेनामा काम गरेका गुरुङ डेढ दशकदेखि बर्नटओकमा बस्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा गएनन् दुई पूर्वप्रधानमन्त्री देउवा र भट्टराई

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा अनुपस्थित् भएका छन्।...

    स्वर्णिमले रास्वपा कब्जा गर्न रवि लामिछानेलाई जेल कोच्ने आधार खडा गरे : मुकुल ढकाल

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका निश्काशित महामन्त्री डा. मुकुल ढकालले पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले नै...

    सुन तोलामै १५ हजार सस्तिने, कहिलेदेखि लागू हुन्छ ?

    काठमाडौं। सरकारले सुनचाँदीको आयातमा लाग्ने भन्सार महसुल दर घटाएको छ। भारतमा सुनको भन्सार महसुल थोरै...

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...