News Portal

बिचल्लीमा परेका बालिकाको संरक्षणमा माइती नेपालको चासो

हिमालीसंचार संवाददाता
४१६ पटक

हरिकृष्ण गौतम,म्याग्दी। भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ। प्रसिद्ध समाजसेवी एवम् अधिकारकर्मी अनुराधा कोइरालाले मृतक तिर्थबहादुर दमाईको जेठी र माहिली छोरीलाई संस्थाले उचित संरक्षण गर्न प्रतिबद्ध रहेको बताइन्।

‘कलिला कोपिलाहरू समाजमा असुरक्षित छन्, समाचार देखेपछि संस्थामार्फत संरक्षणको प्रतिबद्धता जनाउँछु’, अभियान्ता कोइरालाले भनिन्। उनले विपन्न बालिकालाई प्रलोभनमा पारेर भविष्य नै अन्धकार बनाउने प्रयास समाजमा भइरहेकाले बेसहारा बालिकाहरु झनै असुरक्षित रहेको बताइन्।

माइती नेपालका प्रतिनिधिले वडाध्यक्ष मनकुमार शेरपुञ्जा, मृतककी श्रीमती कुमारी तामाङ दमाईसँग टेलिफोन मार्फत सम्पर्क गरी आवश्यक प्रक्रियाका बारेमासमेत जानकारी गराइसकेका छन्। आफ्नो कमाईले पढाई सम्भव नभएको र मजदुरीमा जाँदा छोरीहरू नै असुरक्षित हुने भएकाले शिक्षादीक्षाका लागि माइती नेपालको सहयोगलाई स्वीकार गरेको कुमारीले बताइन्।

सात महिनाको बालिकालाई आमाकै साथमा राखेर दुई बालिकालाई संरक्षणमा दिने गरी आवश्यक कागज प्रक्रियामा रहेको वडाध्यक्ष शेरपुञ्जाले बताए। ‘माइती नेपाल जस्तो संस्थाले संरक्षण गर्नु ठूलो कुरा हो, विश्वले चिनेको चेलीबाट बालिकाको शिक्षादिक्षामा सघाउन आवश्यक सबै सहयोग वडाले गर्छ’, अध्यक्ष शेरपुञ्जाले भने।

उद्धार तथा शिक्षादीक्षाका बारेमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाईसमेत जानकारी गराइएको छ। भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनःस्थापनामा क्रियाशील संस्थाले अलपत्र परेका, अभिभावकविहीन बालबालिकालाईसमेत संरक्षण गर्ने गरेको छ।

नेपाल भारतको सीमामा मानव तस्करविरुद्धको निरन्तर लडाइ, रेड लाइट एरियाबाट चेलीबेटीको उद्धारमा देखाएको हिम्मत तथा नेपाल भारत सीमानाकामा चेलीबेटी बेचबिखन नियन्त्रणका लागि गरेको अथक प्रयासका लागि माइती नेपालकी अध्यक्ष कोइराला सन् २०१० मा ‘सीएनएन हिरो’ र भारत सरकारद्वारा पद्मश्री सम्मान प्राप्त गरेकी छन्।

यसैबीच बालिका बिचल्लीको समाचारमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल, अधिकारकर्मी आषिका तामाङलेसमेत चासो देखाएका थिए। बेनी नगरपालिका–७, मंगलाघाटको कच्ची घरको साँधुरो कोठामा बस्दै आएकी कुमारीले घर निर्माण तथा सरसफाई गरी पाल्ने गरेकी छन्। आर्थिक अभावकै कारण खाद्यान्न नहुँदा भोकभोकै बस्नुपर्ने र कोठा भाडासमेत तिर्न हम्मेहम्मे पर्ने गरेको छ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...