News Portal

  • बिचल्लीमा परेका बालिकाको संरक्षणमा माइती नेपालको चासो

    हिमालीसंचार संवाददाता
    ३०९ पटक

    हरिकृष्ण गौतम,म्याग्दी। भिरबाट लडेर बुबाको मृत्यु भएपछि बिचल्लीमा परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ रायखोरका दुई बालिकाको शिक्षादीक्षा र पालनपोषणका लागि माइती नेपाल नामक संस्थाले चासो देखाएको छ। प्रसिद्ध समाजसेवी एवम् अधिकारकर्मी अनुराधा कोइरालाले मृतक तिर्थबहादुर दमाईको जेठी र माहिली छोरीलाई संस्थाले उचित संरक्षण गर्न प्रतिबद्ध रहेको बताइन्।

    ‘कलिला कोपिलाहरू समाजमा असुरक्षित छन्, समाचार देखेपछि संस्थामार्फत संरक्षणको प्रतिबद्धता जनाउँछु’, अभियान्ता कोइरालाले भनिन्। उनले विपन्न बालिकालाई प्रलोभनमा पारेर भविष्य नै अन्धकार बनाउने प्रयास समाजमा भइरहेकाले बेसहारा बालिकाहरु झनै असुरक्षित रहेको बताइन्।

    माइती नेपालका प्रतिनिधिले वडाध्यक्ष मनकुमार शेरपुञ्जा, मृतककी श्रीमती कुमारी तामाङ दमाईसँग टेलिफोन मार्फत सम्पर्क गरी आवश्यक प्रक्रियाका बारेमासमेत जानकारी गराइसकेका छन्। आफ्नो कमाईले पढाई सम्भव नभएको र मजदुरीमा जाँदा छोरीहरू नै असुरक्षित हुने भएकाले शिक्षादीक्षाका लागि माइती नेपालको सहयोगलाई स्वीकार गरेको कुमारीले बताइन्।

    सात महिनाको बालिकालाई आमाकै साथमा राखेर दुई बालिकालाई संरक्षणमा दिने गरी आवश्यक कागज प्रक्रियामा रहेको वडाध्यक्ष शेरपुञ्जाले बताए। ‘माइती नेपाल जस्तो संस्थाले संरक्षण गर्नु ठूलो कुरा हो, विश्वले चिनेको चेलीबाट बालिकाको शिक्षादिक्षामा सघाउन आवश्यक सबै सहयोग वडाले गर्छ’, अध्यक्ष शेरपुञ्जाले भने।

    उद्धार तथा शिक्षादीक्षाका बारेमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाईसमेत जानकारी गराइएको छ। भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन बाध्य नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनःस्थापनामा क्रियाशील संस्थाले अलपत्र परेका, अभिभावकविहीन बालबालिकालाईसमेत संरक्षण गर्ने गरेको छ।

    नेपाल भारतको सीमामा मानव तस्करविरुद्धको निरन्तर लडाइ, रेड लाइट एरियाबाट चेलीबेटीको उद्धारमा देखाएको हिम्मत तथा नेपाल भारत सीमानाकामा चेलीबेटी बेचबिखन नियन्त्रणका लागि गरेको अथक प्रयासका लागि माइती नेपालकी अध्यक्ष कोइराला सन् २०१० मा ‘सीएनएन हिरो’ र भारत सरकारद्वारा पद्मश्री सम्मान प्राप्त गरेकी छन्।

    यसैबीच बालिका बिचल्लीको समाचारमा गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल, अधिकारकर्मी आषिका तामाङलेसमेत चासो देखाएका थिए। बेनी नगरपालिका–७, मंगलाघाटको कच्ची घरको साँधुरो कोठामा बस्दै आएकी कुमारीले घर निर्माण तथा सरसफाई गरी पाल्ने गरेकी छन्। आर्थिक अभावकै कारण खाद्यान्न नहुँदा भोकभोकै बस्नुपर्ने र कोठा भाडासमेत तिर्न हम्मेहम्मे पर्ने गरेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...