News Portal

विज्ञान: महिला आभूषणको महत्व

हिमालीसंचार संवाददाता
५९१ पटक

चाडपर्व, महत्वपूर्ण कार्यक्रम वा विशेष अवसरमा नेपाली समाजमा थरीथरीका गरगहना लगाउने प्रचलन छ । समय क्रममा गरगहना एवम् शृंगारको स्वरुप पनि फेरिदै गएको छ। धेरैजसोले यसलाई सौन्दर्यको एउटा हिस्सा मानेको छ भने कतिपयको निम्त देखावटी ।

पूर्विय संस्कारमा १६ शृंगरको व्याख्या गरिएको छ। खासगरी महिलाको निम्ति यी १६ शृंगारले खास महत्व र अर्थ राख्छ । यसमा चुरा, पोते, टिका, शिरवन्दी, पाउजु लगायत सामेल छन् ।

श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु-सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस-विन्यासदेखि मुस्कानसम्म पर्छ ।

महिलाको १२ अभूषण
१. शील
२. लज्जा
३. मधुरवाणी
४. दृढाता
५. सरल स्वभाव
६. पतिव्रता
७ सन्तोष
८. सुहृदय
९. विनय
१०. क्षमा
११. हृदयको शुद्धता
१२. सेवाभाव

महिला र पुरुष एक अर्काका पूरक हुन् । यद्यपि प्रकृतिले दुबैको स्वरुप अलग बनाइदिएको छ । मनले, तनले, उनीहरु पुरुषभन्दा भिन्न छन् । महिला संवेदनशील हुन्छन् । तुलनात्मक रुपमा पुरुष कठोर । बाह्य स्वरुपको हिसाबले पनि उनीहरुको प्रकृति भिन्न हुन्छ । महिलामा हार्मोनल उतारचढावको प्रभाव बढी रहन्छ ।

प्राचीन ऋषिले केही यस्ता साधन निर्मित गरे, जसले उनीहरुको मन र स्वास्थ्य रक्ष गर्न सकियोस्। अर्थात महिलाको शरीरमा आभूषणको उपयोग त्यसकारण गरियो कि, जसले उनीहरुको हर्मोनल सन्तुलनदेखि शारीरिक सुरक्षासम्म गर्न सकियोस् ।

तर, समयक्रमसँगै यो सौन्दर्यको प्रसाधन बन्न थाल्यो । यसलाई सुन्दर गहनाको रुपमा लिइयो र नियमपूर्वक लगाउन थालियो ।

महिलाले लगाउने यी आभूषण मूल्यवान् धातुको हुनेगर्छ । सुन, चाँदी आदि । यी धातुको पनि शरीरसँग खास सम्बन्ध रहन्छ । किन गहना लगाइन्छ ? गहना लगाउँदा शरीरमा के हुन्छ ? गहनाका लागि सुन वा चाँदी जस्ता बहुमूल्य धातु नै किन प्रयोग गरिन्छ ? यसको जवाफ निकै घतलाग्दो र अर्थपूर्ण छ । बैज्ञानिक पनि ।

स्वर्ण आभूषण अर्थात सुनको गरगहनाले गर्मी र चाँदीको गहनाले चिसोमा असर गर्छ ।

कम्मर माथिको भागमा सुनका गहना लगाइन्छ । कम्मर मुनीको भागमा चाँदीको आभुषण लगाइन्छ । किन होला ? किनभने गहनाले शरीरलाई तातो र चिसोको सन्तुलन बनाइराख्नका लागि हो । हार– हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

*बिन्दी– टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ। *काजल– आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ । *अधरंजन– ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो । *नथ– नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ । *केस सज्जा– केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ । *कमरबन्ध–कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ । *चरणराग– खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...