News Portal

  • विज्ञान: महिला आभूषणको महत्व

    हिमालीसंचार संवाददाता
    ४८२ पटक

    चाडपर्व, महत्वपूर्ण कार्यक्रम वा विशेष अवसरमा नेपाली समाजमा थरीथरीका गरगहना लगाउने प्रचलन छ । समय क्रममा गरगहना एवम् शृंगारको स्वरुप पनि फेरिदै गएको छ। धेरैजसोले यसलाई सौन्दर्यको एउटा हिस्सा मानेको छ भने कतिपयको निम्त देखावटी ।

    पूर्विय संस्कारमा १६ शृंगरको व्याख्या गरिएको छ। खासगरी महिलाको निम्ति यी १६ शृंगारले खास महत्व र अर्थ राख्छ । यसमा चुरा, पोते, टिका, शिरवन्दी, पाउजु लगायत सामेल छन् ।

    श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु-सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस-विन्यासदेखि मुस्कानसम्म पर्छ ।

    महिलाको १२ अभूषण
    १. शील
    २. लज्जा
    ३. मधुरवाणी
    ४. दृढाता
    ५. सरल स्वभाव
    ६. पतिव्रता
    ७ सन्तोष
    ८. सुहृदय
    ९. विनय
    १०. क्षमा
    ११. हृदयको शुद्धता
    १२. सेवाभाव

    महिला र पुरुष एक अर्काका पूरक हुन् । यद्यपि प्रकृतिले दुबैको स्वरुप अलग बनाइदिएको छ । मनले, तनले, उनीहरु पुरुषभन्दा भिन्न छन् । महिला संवेदनशील हुन्छन् । तुलनात्मक रुपमा पुरुष कठोर । बाह्य स्वरुपको हिसाबले पनि उनीहरुको प्रकृति भिन्न हुन्छ । महिलामा हार्मोनल उतारचढावको प्रभाव बढी रहन्छ ।

    प्राचीन ऋषिले केही यस्ता साधन निर्मित गरे, जसले उनीहरुको मन र स्वास्थ्य रक्ष गर्न सकियोस्। अर्थात महिलाको शरीरमा आभूषणको उपयोग त्यसकारण गरियो कि, जसले उनीहरुको हर्मोनल सन्तुलनदेखि शारीरिक सुरक्षासम्म गर्न सकियोस् ।

    तर, समयक्रमसँगै यो सौन्दर्यको प्रसाधन बन्न थाल्यो । यसलाई सुन्दर गहनाको रुपमा लिइयो र नियमपूर्वक लगाउन थालियो ।

    महिलाले लगाउने यी आभूषण मूल्यवान् धातुको हुनेगर्छ । सुन, चाँदी आदि । यी धातुको पनि शरीरसँग खास सम्बन्ध रहन्छ । किन गहना लगाइन्छ ? गहना लगाउँदा शरीरमा के हुन्छ ? गहनाका लागि सुन वा चाँदी जस्ता बहुमूल्य धातु नै किन प्रयोग गरिन्छ ? यसको जवाफ निकै घतलाग्दो र अर्थपूर्ण छ । बैज्ञानिक पनि ।

    स्वर्ण आभूषण अर्थात सुनको गरगहनाले गर्मी र चाँदीको गहनाले चिसोमा असर गर्छ ।

    कम्मर माथिको भागमा सुनका गहना लगाइन्छ । कम्मर मुनीको भागमा चाँदीको आभुषण लगाइन्छ । किन होला ? किनभने गहनाले शरीरलाई तातो र चिसोको सन्तुलन बनाइराख्नका लागि हो । हार– हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

    *बिन्दी– टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ। *काजल– आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ । *अधरंजन– ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो । *नथ– नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ । *केस सज्जा– केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ । *कमरबन्ध–कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ । *चरणराग– खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...