News Portal

कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

हिमालीसंचार संवाददाता
५६१ पटक

सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु गैरकानुनी संत्र्चालनमा रहेको पार्इएको हो।

अनुगमन समितले प्रतिवेदन केहीदिनमै पेश गरिने भएकाले मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगहरुलाई के गर्ने भन्ने विषयमा निर्णय हुने बताउनुभयो। कर्णाली प्रदेशभरी २६ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेकोमा एउटा मात्र उद्योगले मापदण्ड पुरा गएको पार्इएको छ।

प्रदेश सरकारले क्रसर उद्योगहरु सञ्चालनमा रहेका सुर्खेतसहित दैलेख, सल्यान, जुम्ला र हुम्लामा अनुगमन गरेको हो। अनुगमन गरिएका मध्ये एउटा उद्योगले मात्रै सरकारी मापदण्ड अनुसार दर्ता गरेर सञ्चालन गरेको पाइएको छ। अनुगमन समितिले अरु सबै उद्योगहरु कर्णालीमा गैरकानुनी सञ्चालनमा रहेका जनाएको छ।

प्रदेश राजधानी सुर्खेतमा १६, दैलेखमा ४, जुम्लामा ४ र हुम्लामा २ क्रसर उद्योगहरु सञ्चालनमा छन्। ति मध्ये सुर्खेतको त्रिशक्ति क्रसर उद्योगबाहेक सबै मापदण्डविपरित सञ्चालनमा रहेको समितिको ठहर छ।

सञ्चालनमा रहेका मध्ये केहीले वालुका प्रशोधन उद्योगका नाममा घरेलु तथा साना उद्योग विकास समितिमार्फत अनुमति लिएका छन्। वालुका प्रशोधनको अनुमति दिएकाहरुले पनि क्रसर उद्योग सञ्चालन गरेको अनुगमनका क्रममा पाइएको छ। समितिका सदस्य एकराज चौलाउनेले कर्णालीमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरिएको बताउनुभयो।

यस्तै सुर्खेतमा राष्ट्रिय गौरव आयोजनाका नाममा ४, दर्ता भएका एक र वालुवा प्रशोधन उद्योगका नाममा ११ वटा उद्योगहरु सञ्चालनमा छन्। यसैगरी दैलेखमा २ वटा आयोजनाका नाममा र दुई वटा ढुंगा उत्पादनका नाममा क्रसरहरु सञ्चालनमा छन्।

यस्तै जुम्लामा चार र हुम्लामा दुई वटा क्रसर उद्योग सञ्चालनमा रहेको समितिले जनाएको छ। अनुगमन समितिले तत्कालित घरेलु तथा साना उद्योग विकास समितिले मापदण्डविपरित सुर्खेतमा ११ वटा उद्योगहरुलाई वालुवा प्रशोधन उद्योगका नाममा क्रसर उद्योग सञ्चालन गर्न दिएको छ।

वालुका प्रशोधन गर्ने नाममा सञ्चालनमा रहेका सबैले क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ। अनुमति दिँदा डिभिजन वन कार्यालयको स्वीकृति लिनुपर्ने मापदण्ड रहेपनि घरेलुले आफुखुशी अनुमति दिएको अनुगमनका क्रममा पाइएको छ।

लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारको घरदेखि एक घण्टाको दूरीमा खहरेखोला पर्छ। धुलियावीट–भेडावारी सडक खण्डको यहीँ खोलामा वालुवा प्रशोधन उद्योगका नाममा खोलिएको क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड छ।

जिल्ला अनुगमन तथा समन्वय समितिले असारमा लेकवेशीमा भइरहेको नदीजन्य पदार्थहरुको उत्खननको तीनपटक अनुगमन गर्यो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...