News Portal

  • कर्णालीमा २६ मध्ये २५ क्रसर उद्योगहरु अवैद्य सञ्चालन

    हिमालीसंचार संवाददाता
    ३७६ पटक

    सुर्खेत – कर्णाली प्रदेशमा सञ्चालित २५ वटा क्रसर उद्योगहरु अवैद्य रुपमा सञ्चालनमा रहेको पाइएको छ। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको संयोजकत्वका गठित अनुगमन समितिले गरेको अनुगमनका क्रममा सञ्चालनमा रहेका क्रसर उद्योगहरु गैरकानुनी संत्र्चालनमा रहेको पार्इएको हो।

    अनुगमन समितले प्रतिवेदन केहीदिनमै पेश गरिने भएकाले मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगहरुलाई के गर्ने भन्ने विषयमा निर्णय हुने बताउनुभयो। कर्णाली प्रदेशभरी २६ वटा क्रसर उद्योगहरु सञ्चालनमा रहेकोमा एउटा मात्र उद्योगले मापदण्ड पुरा गएको पार्इएको छ।

    प्रदेश सरकारले क्रसर उद्योगहरु सञ्चालनमा रहेका सुर्खेतसहित दैलेख, सल्यान, जुम्ला र हुम्लामा अनुगमन गरेको हो। अनुगमन गरिएका मध्ये एउटा उद्योगले मात्रै सरकारी मापदण्ड अनुसार दर्ता गरेर सञ्चालन गरेको पाइएको छ। अनुगमन समितिले अरु सबै उद्योगहरु कर्णालीमा गैरकानुनी सञ्चालनमा रहेका जनाएको छ।

    प्रदेश राजधानी सुर्खेतमा १६, दैलेखमा ४, जुम्लामा ४ र हुम्लामा २ क्रसर उद्योगहरु सञ्चालनमा छन्। ति मध्ये सुर्खेतको त्रिशक्ति क्रसर उद्योगबाहेक सबै मापदण्डविपरित सञ्चालनमा रहेको समितिको ठहर छ।

    सञ्चालनमा रहेका मध्ये केहीले वालुका प्रशोधन उद्योगका नाममा घरेलु तथा साना उद्योग विकास समितिमार्फत अनुमति लिएका छन्। वालुका प्रशोधनको अनुमति दिएकाहरुले पनि क्रसर उद्योग सञ्चालन गरेको अनुगमनका क्रममा पाइएको छ। समितिका सदस्य एकराज चौलाउनेले कर्णालीमा सञ्चालनमा रहेका क्रसर उद्योगहरुको अनुगमन गरिएको बताउनुभयो।

    यस्तै सुर्खेतमा राष्ट्रिय गौरव आयोजनाका नाममा ४, दर्ता भएका एक र वालुवा प्रशोधन उद्योगका नाममा ११ वटा उद्योगहरु सञ्चालनमा छन्। यसैगरी दैलेखमा २ वटा आयोजनाका नाममा र दुई वटा ढुंगा उत्पादनका नाममा क्रसरहरु सञ्चालनमा छन्।

    यस्तै जुम्लामा चार र हुम्लामा दुई वटा क्रसर उद्योग सञ्चालनमा रहेको समितिले जनाएको छ। अनुगमन समितिले तत्कालित घरेलु तथा साना उद्योग विकास समितिले मापदण्डविपरित सुर्खेतमा ११ वटा उद्योगहरुलाई वालुवा प्रशोधन उद्योगका नाममा क्रसर उद्योग सञ्चालन गर्न दिएको छ।

    वालुका प्रशोधन गर्ने नाममा सञ्चालनमा रहेका सबैले क्रसर उद्योग सञ्चालन गरेको पाइएको छ। अनुमति दिँदा डिभिजन वन कार्यालयको स्वीकृति लिनुपर्ने मापदण्ड रहेपनि घरेलुले आफुखुशी अनुमति दिएको अनुगमनका क्रममा पाइएको छ।

    लेकवेशी नगरपालिकाका मेयर गगनसिं सुनारको घरदेखि एक घण्टाको दूरीमा खहरेखोला पर्छ। धुलियावीट–भेडावारी सडक खण्डको यहीँ खोलामा वालुवा प्रशोधन उद्योगका नाममा खोलिएको क्रसर उद्योगसँगै अत्याधिक दोहन गरेर थुपारिएको नदीजन्य पदार्थको पहाड छ।

    जिल्ला अनुगमन तथा समन्वय समितिले असारमा लेकवेशीमा भइरहेको नदीजन्य पदार्थहरुको उत्खननको तीनपटक अनुगमन गर्यो।

    प्रतिकृया दिनुहोस्

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    गोरखापत्रकर्मी राईलाई धरान खेलकूद मञ्चद्वारा ‘मिडिया अवार्ड’ प्रदान

    बैशाख-१५, शनिबार/धरान – गोरखापत्रकर्मी पत्रकार निशा राईलाई धरान खेलकुद मञ्चद्वारा “मिडिया अवार्ड २०८०” प्रदान गरिएको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal