News Portal

जोखिमबारे भौगर्भिक अध्ययनको खाचो !

अमृत थापा
८४९ पटक

सिन्धुपाल्चोक जिल्ला यसवर्ष धेरै प्रकारको जोखिममा रुमलुदै आइरहेको छ। सुरुमा जम्बू पहिरो त्यसपछि जुगल गाउपालिका लिदी पहिरो त्यस्तै घुम्थाङ र नागापुजेमा पनि पहिरो जाँदा धेरै धनजनको क्षति भएको छ। मानवीय क्षती कयौको घरबार नै उजाड बनेको अवस्था छ। कसैका सम्पत्तिका नाममा रहेका सबै जग्गा जमीन बाढी तथा पहिरोले बगाएर घरको न घाटको पारेको अवस्था छ।

सिन्धुपाल्चोकमा रहेका संपूर्ण राजनैतिक दलहरु, समाजसेवी, संघ संस्थाहरुले विपद् पछि राहत सामग्री बोकेर आउने र तत्कालिन रुपमा समाधान गर्ने तर दीर्घकालिन समस्या समाधानका लागि नसोचिरहनुले सिन्धुपाल्चोकको पटकपटक ठूलो तथा दुर्घटना बेहोर्नु परेको अवस्था छ।

सिन्धुपाल्चोक जिल्ला देशका लागि अभिन्न अंग रहेका नेतृत्वहरु रहेको तर सम्पूर्ण हिसाबले दीर्घकालीन  रूपमा भने समाधानका निमित्त भौगोलिक अध्ययनका निमित्त सोच्नु आजको आबस्क रहेको छ।

बेलाबेलामा आउने भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोक हुँदै गर्दा, पहिरोको जोखिम सिन्धुपाल्चोक जिल्लामै बढी भएको अनुमान सहजै गर्न सकिन्छ।”

राहत र उद्धारका क्षेत्रमा भएका कार्यहरू उल्लेखनीय हुँदै गर्दा दीर्घकालीन रुपमा भौगर्भिक अध्ययन, अनुसन्धान सुरक्षित एकीकृत बस्ती निर्माण लगायतको क्षेत्रमा नेतृत्वले सोच्नु आवश्यक छ।

प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवसथापनमा सरकारी निकायहरू विपद् पछि भन्दा पनि विपद् पूर्वको तयारीमा ध्यान जान तथा भौगर्भिक अध्ययनमा भूगर्भविदहरुलाई सिन्धुपाल्चोकमा रहेका बस्तीहरू बारे अनुसन्धानका लागि पहल हुनुपर्ने आजको आवश्यक छ। जोखिमबारे पूर्वतयारी हुँदा मानवीय क्षति कम तथा न्यूनीकरण गर्न सकिन्छ।

सिन्धुपाल्चोक भौगोलिक हिसाबले कमजोर हुँदै गर्दा, सभामुख अग्निप्रसाद सापकोटा, पूर्वमन्त्रीहरु मोहन बहादुर बस्नेत, पूर्वमन्त्री शेर बहादुर तामाङलगायतका ठूलो नेतृत्व तह तथा केन्द्रिय नेताहरुले राहत र उद्धारका क्षेत्रमा मात्र नभई दीर्घकालीन रुपमा जोखिम न्यूनीकरण निमित्त भौगर्भिक अध्ययन माटो परीक्षण, सम्भाव्यता बारे घनिघुत रुपमा अध्ययनका निमित्त प्राविधिक जनशक्ति सिन्धुपाल्चोक ल्याएर अध्ययन गराएर योजना निर्माण गर्नु आवश्यक देखिन्छ।

जोखिम व्यवस्थापनका लागि सिन्धुपाल्चोकका विकट गाउँ तथा बस्ती व्यवस्थापनका लागि भौगर्भिक अध्ययन गरी एकीकृत बस्ती निर्माण गर्ने योजना बनाउनु आवश्यक छ। सिन्धुपाल्चोकका विशेष गरी प्राथमिकताका आधारमा जुगल गाउपालिका, भोटेकोशी गाउपालिका, बारहबिसे नगरपालिकालगायतका क्षेत्रमा भने तत्काल भौगालिक अध्ययन गर्नुपर्ने देखिन्छ।

अमृत थापा
स्ववियु सभापति, जलबिरे भ्याली क्यामपस 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...