News Portal

समाजवादको इतिहास र आवश्यकता

प्रदिप सुनुवार
९२४ पटक
२०७७ भदौ ११, बिहीबार

विश्व वर्तमानमा चलिरहेको मानव समाज यो अवस्थामा आइपुग्न धेरै लामो संघर्षको इतिहासले विकास गरेको छ। मानव जाती सभ्यताको शुरूवातबाट पनि नजर अन्दाज गर्दा पनि फरक नपर्ला। आजको मानिस हामी जस्तो छौ के हाम्रो पुर्खाहरु के यहि अवस्थामा थिए त यो बिल्कुल पनि थिएनन्। मानव जाती पनि प्रकृतिको एउटा रुप नै हो। प्रकृतिको प्रयोग द्वारा नै मानव जातीले आफ्नो अस्तित्वलाई जिवित बनाएको छ।

आदिम मानव समाज पछि शुरूवात भएको सभ्यताको चरणसँगै असमानता र विभेदको पनि जन्म भएको पाइन्छ। आजसम्म पनि विभेद असमानताको जरो उखेल्नु सकिएको छैन। हरेक युग सत्यको वस्तुको जन्म भएपनी त्यो सत्य सहजै स्वीकार भएको पाइदैन। किनभने आजको यो समाजलाई विज्ञान र प्रविधिले जति सरल सहज पारेको छ। यो विज्ञान कुनै समय आलोचितको सिकार बनेको इतिहासमा पाइन्छ।

कुनै समय यस्तो थियो वैज्ञानिकहरु सहिद हुनु परेको थियो। पश्चिमा इतिहास अनुसार ई.स ४७९ – १४५३ युगलाई धार्मिक युग मानिन्छ र अर्को अर्थमा अन्धकारको युग पनि भन्ने गरेको पाइन्छ। यहि समयमा धेरै वैज्ञानिकहरुलाई मृत्युदण्ड दिएको थियो। जस मध्ये प्रथम महिला सहिद हिपासिया र ब्रुनो जसलाई चर्चले जीउँदै जलाएको थियो। त्यसैगरी अरु धेरै वैज्ञानिकहरु थिए जसले आफ्नो आविस्कारलाई लुकाएर राख्न बाध्य भएका थियो। सभ्यता तर्फ मानव समाज अगाडि बढदै गर्दा यसले जन्म दिएको असमानता र विभेदले आजसम्म पनि निकास पाउन सकेको छैन।

समाज विकासको क्रममा आएको व्यवस्थासँगै समस्या पनि सँगै जोडिएर आएको छ। आजको अवस्थामा सामन्तवाद र पुजीवादको विकाससँगै आएको समस्याले डरलाग्दो रुप लिएको छ। यसमा आर्थिक रूपमा ठुलो असमानताको खाडल निर्माण भएको छ। जातीय, लैङ्गकि विभेद पनि उतिकै कहालीलाग्दो बनेको छ। साेर्हौ-अठारौं शताब्दीहरुमा पश्चिमी युरोपमा कतिपय मुलुकहरूमा पुजीवादले सामन्तवादको स्थान लिन थालेको थियो।

यो व्यवस्थाबाट यस्ता प्रकारको समस्या सिर्जना हुनसक्छ भनेर, बेलायतका वैज्ञानिक थोमस मुर(१४७८-१५३५)ले समाजवादको परिकल्पना गरेका थिए। उनले पुजीवादी व्यवस्थाको प्रारम्भिक अवस्थामा नै यसको चरीत्र देख्न सफल भएका थिए। उनको पुस्तक (उतोपिया)मा लेखिएको छ। मानिसहरूको बीचमा समानता र उनीहरुको सुख, उनीहरुको शारीरिक एवम् बौद्धिक विकास, सामाजिक न्याय तथा सामाजिक व्यवस्थाको कुशल संचालन – यी सब कुराहरुको सम्भावना तब हुन्छ जुन बेला निजी स्वामित्वको अन्त्य हुन्छ।

थोमस मूर्तिलाई काल्पनिक समाजवादीको रुपमा चिनिन्छ। यसैगरी अर्को काल्पनिक समाजवादी हुन इटालीका तोम्माजो कम्पानेल्ला(१५६८-१६३९)ले भावी समाजको नाम (सुर्य – नगर) राखेका थिए। मुर र कम्पानेल्लाद्वारा प्रतिपादित सिद्धान्तले, जसमा निजि स्वामित्व र शोषण थियो। जसको आधारमा समाजवादी विचारधाराको निर्माण गर्न महत्त्वपूर्ण भुमिका रहेको पाइन्छ।

फ्रान्सका पनि यस्तै काल्पनिक समाजवादीहरु जान मेल्ये(सन.१६६४-१७२९), गाब्रीएल माब्ली(सन.१७०९-१७८५), आनरी क्लोड सेन-सिमोन दे(सन.१७६०-१८२५) फ्रान्सुआ मारी शार्ल फुरेये (सन. १७७२-१८३७) थिए। अर्का बेलायती कल्पनावादी रोबर्ट ओवेन(सन. १७७१-१८५८) उनी पहिलो कल्पनावादी समाजवादी मध्ये जो मजदुरहरुको आन्दोलनमा सक्रिय रुपमा भाग लिएका थिए।

उनले पुजीवादी व्यवस्थाको कडा आलोचना गरे र उनी निजि सम्पत्तिलाई नै यो समाजको सिर्जनाका बाधक ठान्थे। आज समाजवादि व्यवस्थाको जति आवश्यक छ तेतिनै यी काल्पनिक समाजवादीहरुको पनि ठुलो योगदान छ। यी काल्पनिक समाजवादीहरुले उठाएको आधारभूत कुराहरु माथी थप भौतिक विश्लेषण गरेर कार्ल माक्र्सले यसलाई मुर्तरुप दिएको पाइन्छ।

समाजवादले निजी स्वामित्व र अन्त्य गर्छ। यसले सामाजिक स्वामित्वको स्थापना गर्छ। जसको आधारमा मानिसहरूको बीचमा बन्धुतापुर्ण सहयोग र पारस्परिक सहायताको भाव पैदा हुन्छ।समाजमा तपाई हामीले भोग्नु परेको विधमान समस्याबाट मुक्ति पाउन नै यो व्यवस्थाको आवश्यकता हो। पुजिवादमा उत्पादन मात्र अत्यधिक हुन्छ तर समस्या के हो यसको वितरण र विनिमय प्रणालीमा हो।

विश्व पुजीवादी व्यवस्थाले ९० प्रतिशत मानिसहरुलाई कंगाल पारिरहेको छ। हामीलाई केही १० प्रतिशत पुजीपति वर्गले विश्वको कुनै कुनामा बसेर विज्ञान प्रविधिको प्रयोग गर्दै हामी शोषण गरिरहेका छन। यस प्राकृतिक दुनियाँमा हरेक वस्तु उत्पत्ति विकास विनाश संगै जोडिर आएको हुन्छ। किनभने यो इतिहासले पनि साबित गरिसकेको छ। यसो भन्दैमा स्वस्फूर्त रुपमा हरेक परिवर्तन आफै आउदैन यसको लागि संघर्षको आवश्यक पर्दछ।

वर्तमान नेपालमा समाजवादको सिद्धान्तलाई दुई धाराको पार्टीले लिएको देखिन्छ, नेपाली कांग्रेस र कम्युनिस्ट पार्टी (नेकपा )। यी दलहरूको गतिविधि लाई हेर्दा समाजवादको मुल मर्मलाई नै यिनीहरुले ध्वस्त पारेको देखिन्छ। उनीहरुको व्यवहारबाट यो सिद्ध हुन्छकी मात्र यो पार्टीहरु समाजवाद शब्दको भारी बोकेको मात्र देखिन्छ। व्यवहारमा विपरीत दिशातर्फ उन्मुख छन। जसले निजि स्वामित्वको विरोध गर्नुपर्ने उनै निजि स्वामित्वको भकारी बनाउदै छ।

जहाँ समानताको व्यवहार हुनुपर्ने त्यहीँ नै असमानताको ठुलो सुरुङ्ग बनाउनेतर्फ अग्रसर रहेकाछन। नाममा मात्रै आएको लोकतन्त्र र नारामै सिमित रहेको समाजवादी सिद्धान्त के अर्थ ? समयमा नै आफ्नो गलत प्रवृत्तिलाई सुधार गर्न सकिएन भने आज रहेको ठुला भन्ने गरिएको पार्टीको राजनीतिक भविष्य पनि धेरै लामो यात्रा तय गर्न सम्भव नहोला।

~ प्रदिप सुनुवार
हाल: काठमाडौं।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...