News Portal

पोखरा रानीवनमा सडेको अवस्थामा युवकको शव फेला

हिमाली संचार संवाददाता
८६५ पटक

२० भदौ,पोखरा – पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।

स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार मंगलबार वन हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए ।

बुधबार बिहान उनीसहित स्थानीयको समूह पुगेर एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । ‘स्थानीयले खबर गरेपछि हामीले अनुसन्धान गरिरहेका छौं । शवको पहिचान भएको छैन,’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी नवीन कार्कीले भने,‘आजै मुचुक्ला उठाएर पोस्टमार्टमका लागि क्षेत्रीय अस्पताल लैजान्छौं ।’

शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको कार्की बताए । पानीका कारण मोबाइल अन नभएको कार्कीले जानकारी दिए । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको भएको उनले बताएको अनलाइनखबरमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...