News Portal

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

हिमाली संचार संवाददाता
८५४ पटक

मधुसूदन रायमाझी, काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही १४ र १५ काठमाडौंमा हुँदै छ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ । सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

पैदल यात्री शम्भु श्रेष्ठ विदेशी पाहुना आउने बेलामा मात्र रातारात सडक टालटुल गर्ने प्रवृत्ति गलत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अघिपछि चुप लागेर बस्ने, सडकमा ठूलठूला खाल्डा पर्दा पनि सरकारी निकायले नदेख्ने विदेशी राष्ट्र प्रमुखहरु आउने भएपछि रातारात सडक टाल्नु गलत काम हो ।’

सडक विभागले सडकको संरचनालाई राम्रो बनाउन ठाउँठाउँमा खाल्डखुल्डी टाल्ने काम अगाडि बढाए पनि दिउँसो सवारी जाम र राति पानी पर्दा समस्या झेल्दै आएको छ । पानी परेको बेला सडकमा पिच गर्न मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि बिमस्टेकमा सहभागी हुने आउने पाहुना वस्ने होटलसम्मको सडक चिटिक्क पारेर सिंगार्ने काम धमाधन भइरहेको छ । सडकको दायाँबायाँ रहेको नेपाल टेलिकमको तारको व्यवस्थापन गर्ने, अस्तव्यस्त फुटपात निर्माणलगायतको काम भइरहेको छ । तर अघिपछि भने सरोकारवाला निकाय मौन रहने गरेको छ ।

सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र सडकलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘रातभर पानी पर्छ, दिउँसो ट्राफिक जामका कारण काम गर्न गाह्रो भएको छ तर पनि सम्पन्न गर्ने क्रममा छौं ।’ उहाँले ठीक समयमा ठीक काम नगर्दा एकैपटक बोझ बढी परेको उल्लेख गर्दै वर्षाको समयमा सडकमा बढी खाल्डाखुल्डी देखिने गरेको बताउनुभयो ।

‘सडकलाई व्यवस्थित बनाउने काम निरन्तर गर्दै आएका छौं, सडकमा १ सय २० वर्ष पुरानो खानेपानीको पाइपका कारण सडक छिटो भत्कने गरेको छ । सडक भत्किनुको मुख्य कारण केयूकेएलको खानपानीको पाइप नै हो’ –उहाँले भन्नुभयो ।

सडक निर्माणका क्रममा खानेपानी तथा ढल निकास विभाग, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमबीच आवश्यक समन्वय नहुँदा राजधानीका सडक निर्माण सम्पन्न भएलगत्तै भत्किने र भत्काउने क्रम शुरु हुने गरेको छ । सडक निर्माणमा एकीकृत मोडल नहुँदा राज्यले वर्षेनी सडक निर्माणमा ठूलो बजेट खर्च गर्दै आएको छ । महानिर्देशक श्रेष्ठले समन्वय गर्ने एकाइको अभावमा सडकमा समस्या देखिँदै आएको बताउँदै आगामी दिनमा समन्वय गरेर मात्र सडक निर्माणको ठेक्का आह्वान गरिने बताउनुभयो । (नेस)

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...