News Portal

  • राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

    हिमाली संचार संवाददाता
    ६७४ पटक

    मधुसूदन रायमाझी, काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक निर्माण गर्ने र सरफाइ गर्न सरकारलाई भ्याइनभ्याई हुन्छ । अघिपछि खाल्डाखुल्डी हुँदा पनि बेवास्ता गर्ने सरकारले विदेशी राष्ट्रप्रमुख आउँदा रातारात रंगरोगन गर्ने गरेको छ ।

    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन यही १४ र १५ काठमाडौंमा हुँदै छ । त्यसको तयारीका लागि सरकारले अस्तव्यस्त सडकमा टालटुल गर्ने कामलाई प्राथमिकता दिएको छ । सडक विभागले दिउँसोको समयमा सडक टालटुल गर्ने क्रममा राजधानीको दैनिकी नै प्रभावित हुदै आएको छ । व्यस्त सडकमा सवारी रोक्दा घण्टौं जाम हुने गरेको छ ।

    पैदल यात्री शम्भु श्रेष्ठ विदेशी पाहुना आउने बेलामा मात्र रातारात सडक टालटुल गर्ने प्रवृत्ति गलत भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘अघिपछि चुप लागेर बस्ने, सडकमा ठूलठूला खाल्डा पर्दा पनि सरकारी निकायले नदेख्ने विदेशी राष्ट्र प्रमुखहरु आउने भएपछि रातारात सडक टाल्नु गलत काम हो ।’

    सडक विभागले सडकको संरचनालाई राम्रो बनाउन ठाउँठाउँमा खाल्डखुल्डी टाल्ने काम अगाडि बढाए पनि दिउँसो सवारी जाम र राति पानी पर्दा समस्या झेल्दै आएको छ । पानी परेको बेला सडकमा पिच गर्न मिल्दैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थदेखि बिमस्टेकमा सहभागी हुने आउने पाहुना वस्ने होटलसम्मको सडक चिटिक्क पारेर सिंगार्ने काम धमाधन भइरहेको छ । सडकको दायाँबायाँ रहेको नेपाल टेलिकमको तारको व्यवस्थापन गर्ने, अस्तव्यस्त फुटपात निर्माणलगायतको काम भइरहेको छ । तर अघिपछि भने सरोकारवाला निकाय मौन रहने गरेको छ ।

    सडक विभागका महानिर्देशक रवीन्द्रनाथ श्रेष्ठले सडकमा देखिएका खाल्डाखुल्डी पुर्ने र सडकलाई व्यवस्थित बनाउने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘रातभर पानी पर्छ, दिउँसो ट्राफिक जामका कारण काम गर्न गाह्रो भएको छ तर पनि सम्पन्न गर्ने क्रममा छौं ।’ उहाँले ठीक समयमा ठीक काम नगर्दा एकैपटक बोझ बढी परेको उल्लेख गर्दै वर्षाको समयमा सडकमा बढी खाल्डाखुल्डी देखिने गरेको बताउनुभयो ।

    ‘सडकलाई व्यवस्थित बनाउने काम निरन्तर गर्दै आएका छौं, सडकमा १ सय २० वर्ष पुरानो खानेपानीको पाइपका कारण सडक छिटो भत्कने गरेको छ । सडक भत्किनुको मुख्य कारण केयूकेएलको खानपानीको पाइप नै हो’ –उहाँले भन्नुभयो ।

    सडक निर्माणका क्रममा खानेपानी तथा ढल निकास विभाग, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमबीच आवश्यक समन्वय नहुँदा राजधानीका सडक निर्माण सम्पन्न भएलगत्तै भत्किने र भत्काउने क्रम शुरु हुने गरेको छ । सडक निर्माणमा एकीकृत मोडल नहुँदा राज्यले वर्षेनी सडक निर्माणमा ठूलो बजेट खर्च गर्दै आएको छ । महानिर्देशक श्रेष्ठले समन्वय गर्ने एकाइको अभावमा सडकमा समस्या देखिँदै आएको बताउँदै आगामी दिनमा समन्वय गरेर मात्र सडक निर्माणको ठेक्का आह्वान गरिने बताउनुभयो । (नेस)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्या भण्डारीको सक्रियता र अध्यक्ष पदप्रतिको आकांक्षापछि एमालेको निर्णयः अध्यक्ष ओलीको प्रष्ट भनाइ

    काठमाडौं, साउन ११ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको अध्यक्ष पदमा चासो देखाएपछि पार्टीभित्र हलचल...

    एमाले ललितपुर अध्यक्ष आचार्य मानव तस्करी प्रकरणमा मुछिए, सिआईबीको अनुसन्धान सुरु

    काठमाडौं, साउन ११ – नेकपा एमाले ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य गम्भीर मानव तस्करीको...

    चितवनमा लोडसेडिङ होइन, मर्मत कार्यका कारण अस्थायी विद्युत् अवरोध : प्राधिकरण

    काठमाडौं, साउन ११ – चितवन जिल्लामा लोडसेडिङ सुरु भएको भन्ने चर्चाबारे नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

    माछापोखरीमा महिलाको सुनको सिक्री लुटपाट गर्ने दुई जना समातिए, घटनास्थलबाटै पक्राउ

    काठमाडौं, साउन ११ – शनिबार साँझ राजधानीको व्यस्त क्षेत्र माछापोखरीमा एक महिलाको गलाबाट सुनको सिक्री...

    चितवनमा विद्युत अवरुद्ध हुने सूचना लोडसेडिङसँग सम्बन्धित होइनः ऊर्जामन्त्री खड्का

    चितवन, साउन ११ – चितवनमा लोडसेडिङ सुरु भएको भन्ने हल्लालाई ऊर्जामन्त्री दीपक खड्काले प्रस्ट रूपमा...