News Portal

रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

हिमाली संचार संवाददाता
३५७ पटक

रबिन्द्र बराल -रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवा हरुले दुई लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको ब्याडमिन्टन काेडमा पहिलोपटक ब्याडमिन्टन खेल काे प्रतियोगिता गराएका हुन । साे खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिअाेपि रंगेली , बिअाेपि चुन्निवारी, अमरदह, सिजुवा, लगायत १३ बटा टिमकाे सहभागी रहेको थियो । खेलमा प्रथम हुने अमरहदका बिनाेद थापा र रंगेलीका भिम बहादुर श्रेष्ठ पहिलो भएका थिए । बिअाेपि चुनिवारीका झकेन्द्र बानियाँ र बिओपि रंगेलीका जितेन्द्र बस्नेत दाेस्राे भएका हुन भने रंगेलीका नवीन साह र सन्तोष लिम्बू तेस्रो भएका थिए । प्रथम लाई नगद २१ हजार दाेस्राे ११ हजार रुपैयाँ र तेस्राेलाई ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे । साे खेलमा उत्कृष्ट खेलाडी शम्भु कटुवाल , अनुसाशितमा सिताराम मंन्डल घाेषित भएका थिए । खेलका एम्पायर सुजित पाैडेल र शिवु राईले गरेका थिए । खेलका बिजेता उपबिजेता हरुलाई ब्याडमिन्टन क्लवका सचिव प्रल्हाद यादव, शिवु राई, रामनारायण मंन्डल, लगायतले नगद पुरस्कार हस्तान्तरण गरेका थिए । खेलका क्रममा सुजित पाैडेलले भने अहिले सम्म रंगेली नगरपालिकाले नगर भित्र ब्याडमिन्टन खेलकाे लागि अावस्यक पर्ने कबड हल निर्माण नगर्दा हामी सबै युवा हरुले मिलेर आफ्नै लागानिमा खेल मैदान बनाएर खेल्न बाध्य रहेको तर नगरपालिकाले कुनै पनि पहल नगरेको समेत बताए । अहिले नगरपालिकाले माेठ, मंन्दिर , बाटाे लाई मात्रै प्राथमिकता दिएकाे तर युवाहरुका लागि खेलकुदमा बेवास्ता गरेको आराेप समेत लगाएका छन ।

प्रतिकृया दिनुहोस्

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...

श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष पक्राउ

काठमाडौं — श्रम संस्कृति पार्टीका केन्द्रीय उपाध्यक्ष देवराज लामालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आज दिउँसो...

आज २०८२ साल पुष २ गतेको राशिफल

आज पुष २, २०८२ (डिसेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...