News Portal

रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

हिमाली संचार संवाददाता
३९० पटक

रबिन्द्र बराल -रंगेलीमा पहिलो पटक ब्याडमिन्टन प्रतियोगिता भएको छ । रंगेली नगरपालिका ७ मा रहेको अस्पताल अगाडिको निजि जग्गामा स्थानीय युवा हरुले दुई लाख रुपैयाँकाे लागतमा निर्माण गरिएको ब्याडमिन्टन काेडमा पहिलोपटक ब्याडमिन्टन खेल काे प्रतियोगिता गराएका हुन । साे खेलमा रंगेली ब्याडमिन्टन क्लव, बिअाेपि रंगेली , बिअाेपि चुन्निवारी, अमरदह, सिजुवा, लगायत १३ बटा टिमकाे सहभागी रहेको थियो । खेलमा प्रथम हुने अमरहदका बिनाेद थापा र रंगेलीका भिम बहादुर श्रेष्ठ पहिलो भएका थिए । बिअाेपि चुनिवारीका झकेन्द्र बानियाँ र बिओपि रंगेलीका जितेन्द्र बस्नेत दाेस्राे भएका हुन भने रंगेलीका नवीन साह र सन्तोष लिम्बू तेस्रो भएका थिए । प्रथम लाई नगद २१ हजार दाेस्राे ११ हजार रुपैयाँ र तेस्राेलाई ५ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियोे । साे खेलमा उत्कृष्ट खेलाडी शम्भु कटुवाल , अनुसाशितमा सिताराम मंन्डल घाेषित भएका थिए । खेलका एम्पायर सुजित पाैडेल र शिवु राईले गरेका थिए । खेलका बिजेता उपबिजेता हरुलाई ब्याडमिन्टन क्लवका सचिव प्रल्हाद यादव, शिवु राई, रामनारायण मंन्डल, लगायतले नगद पुरस्कार हस्तान्तरण गरेका थिए । खेलका क्रममा सुजित पाैडेलले भने अहिले सम्म रंगेली नगरपालिकाले नगर भित्र ब्याडमिन्टन खेलकाे लागि अावस्यक पर्ने कबड हल निर्माण नगर्दा हामी सबै युवा हरुले मिलेर आफ्नै लागानिमा खेल मैदान बनाएर खेल्न बाध्य रहेको तर नगरपालिकाले कुनै पनि पहल नगरेको समेत बताए । अहिले नगरपालिकाले माेठ, मंन्दिर , बाटाे लाई मात्रै प्राथमिकता दिएकाे तर युवाहरुका लागि खेलकुदमा बेवास्ता गरेको आराेप समेत लगाएका छन ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...