News Portal

  • बेमौसमी बादल

    श्रीराम बस्याल 'स्वरुप'
    ८०२ पटक

    सामान्यतया दशैँ-तिहार पछिको समय मंसिर-पुस देखि बैशाख-जेठ सम्म खासै पानी पर्दैन। यो समय भनेको एउटा उजाड,सुख्खा र खडेरीको समय हो।यो मौसममा न चराले गित गाउँछन न त अन्य कीट पतङ्गहरु नै खासै देखिन्छन। जीव जनावर देखि मानिसहरु सम्म आफुले सन्चित गरेको खाना बाहेक हुर्किदै गरेको खानेकुरा भेटाउन गार्‍हो पर्छ त्यसो त सुन्तला, मौसमी, उखु नहुने होइनन तर रुघाखोकी र चिसोको बिरामी सबैभन्दा बढि यहि समयमा भेटिन्छन। भन्ने गरिन्छ कि बनका बाख्रा स्याललाई बुढाबुढि माघलाई।

    एकातिर पानीको अभाव, सडकमा धुलो अर्कोतिर आकाशमा तर्साउने मेघ-गर्जन सहितको नफाट्ने कालो मोडारियको बादल, एकछिनमै उज्यालो, एकछिनमै अँध्यारो, उकुसमुकुस, कहिले सिरेटो, ओल्लोपल्लो गाउँ,डाडाँपाखा छेक्ने कुहिरो।  हाम्रा गहना खोलानाला, झरना,पानी,पँधेरो सुनसान, बिरक्त र अस्वभाविक कोलाहल समय।

    त्यसो त ईतिहास मेटिदैन र दोहोरिदैन भन्ने पनि गरिन्छ, धर्तिमा रहेका बिरुवाहरुले जब नयाँ पालुवा पलाउने हिम्मत जुटाउँछन तब त्यो कोलाहल एउटा सुमधुर शितल संगितमा परिणत हुन जान्छ र त्यसमा बिस्तारै चराहरुले गित गाउन थाल्छन अनि अरिङ्गालहरुले गोला बनाउन थाल्छन, त्यसमा कमिलाहरु  सल्बलाउन थाल्छन, धर्ति भित्रबाट सर्प र गोहोरा हरु, छेपाराहरु निस्कन्छन तब त्यो शितल बतास एउटा तुफान बन्छ र बेग बन्छ र त्यो गन्तव्यबिहिन रुमलिएको बतासलाई एउटा पहाडमा ठोक्काउँछन र अन्त्यमा भिषण वर्षा हुन्छ।

    चार-चार महिना सम्म उजाड र सुख्खा राखेको  धर्तीलाई गलाउन बादलले बर्षाको अनेक रुप लिन्छ कहिले वर्षा त कहिले असिना, कहिले चट्याङ त कहिले झिल्को, मेग,गर्जन।। कमजोर धर्तिहरु भासिन्छन, बग्छन, डुबानमा पर्छन, पत्रे चट्टानहरु छिया छिया हुन्छन अर्कोतिर खोलानालाहरुले थप हिम्मत जुटाउँछन धर्तिको फोहोर पखाल्न, एउटा भाकामा लयबद्द तरिकाले सुस्साउन थाल्छन, जसमा भ्यागुता, झ्याउकिरिहरुले संगित थप्छन र साना ताल, पँधेराहरुले नदिसम्म पुग्ने आँट गर्छन साथमा नदिले समुन्द्र सम्म पुग्ने साहस गर्छन भने हिजो चिरा चिरा परेर फुटेका ढुंगाहरु गोलिका बम-बारुदहरु सामाना गर्ने दर्शनि ढुंगामा परिणत हुन्छन।। उता बिरुवाले नयाँ हाँगाहरु हाल्छन, जमिनमा नयाँ बिरुवाको उत्पत्ति हुन्छ, मौसमि अन्नबाली हरु लटरम्म हुन्छन, चराहरुले शान्तिको गित गाउँछन। प्रकृति एउटा मानवीय कृडास्थल बाट मुक्ति भएर साच्चिकै गर्व गर्ने प्रकृतिमा स्वाभिमानी हुन्छ।।

    कहिले जुम्ला,कालिकोट, मुगु त कहिले चितवन, कन्चनपुरमा सुस्साईरहेका नदिहरुले छिट्टै एउटा बतासको बेग तिव्र पारिरहेको छ,

    हिजो हामीले आरन थिच्दै गर्दा बाफ बनेर आकास पुगेको देशभित्रको बादल कतै दिन दुखिको चुहिने छानोमाथि
    गर्जिरहेको त छैन ??

    यदि त्यस्तै हो भने स्वाभिमानी प्राप्तिका लागि यो बादल पनि बढारिन या पहाडमा ठोक्किन बाट अछुतो रहन अवश्य सक्नेछैन।।

    – बग्नासकाली-८, पाल्पा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मन्त्री घिसिङ: यातायात र भान्सामा विद्युतीकरणमा सरकार गम्भीर

    काठमाडौं, १८ कार्तिक – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सामा विद्युतीकरणमा सरकार...

    संविधानमै संस्थागत भए पुग्छ, जीवनभर जेलमा बस्न पनि तयार छु

    काठमाडौँ, कार्तिक १८ — जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले आफ्नो अटूट प्रतिबद्धता व्यक्त गर्दै...

    निकोलस भूसाल गोरखाबाट पक्राउ

    काठमाडौँ, १८ कात्तिक २०८२ – प्रहरीले गोरखा नगरपालिका–८ स्थित सरस्वती आश्रमबाट निकोलस भूसाललाई पक्राउ गरेको...

    राप्रपा असन्तुष्ट पक्षले नेतृत्वप्रति प्रश्न उठायो

    काठमाडौं, १८ कार्तिक – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति...

    रवि बाहिरिएपछि मात्रै हस्ताक्षर गराइयो : जेलर जोशीको खुलासा

    काठमाडौँ, कार्तिक १८ – जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले नख्खु...