News Portal

पर्वतको दुर्गम गाउँमा निशुल्क तेक्वान्दो प्रशिक्षण

हिमाली संचार संवाददाता
५९४ पटक

दुर्गाप्रसाद शर्मा
पर्वत १५, २०७६ कार्तिक : पर्वतको एउटा दुर्गम गाउँका बालबालिकाका लागि निशुल्क रुपमा तेक्वान्दो खेलको प्रशिक्षण दिन थालिएको छ।

पर्वतको सुदुर दक्षिणमा पर्ने बिहादी गाउँपालिका–५ गेप्ताङ्ग गाउँमा स्थानिय युवाले बालबलिकाहरुलाई निशुल्क तेक्वान्दोको प्रशिक्षण चलाएका हुन्।

बैदेशिक रोजगारीबाट फर्केका चित्रबहादुर थापा र पोखरामा स्नातक तह अध्ययन गर्दै आएका संगम थापाले बालबालिकालाई अनुशासित बनाउने र खेलकुदमा अगाडी बढाउन निशुल्क प्रशिक्षण दिदैँ आउनु भएको छ।

गेप्ताङ्ग तेक्वान्दो डोजाङ्ग गठन गरेर प्रशिक्षण सञ्चालन भैरहेको छ। तेक्वान्दो खेलप्रति खासै आकर्षण नभएका देखि नाम पनि नसुनेका बालबालिकालाई शुरुमा खेल सिकाउन कठिनाई भएको थियो।

पछिल्लो समय अभिभावक पनि सकारात्मक भएपनि सिंगो गाउँका ५ देखि १९ बर्ष सम्मका अधिकाँश बालबालिकाहरु नियमित प्रशिक्षणमा आउन थालेको चित्र थापा बताउनुहुन्छ।

अहिले २५ जना नियमित प्रशिक्षणमा आउने गरेको प्रशिक्षक चित्र थापा बताउनुहुन्छ। स्थानिय लक्ष्मी आधारभूत बिद्यालय गेप्ताङ्ग र चन्द्र माबि उरामपोखरामा पढ्ने विद्यार्थीहरु प्रशिक्षणमा सहभागी भएका छन्।

पोखरामा अध्ययन गर्दै आउनुभएका संगम थापा स्कुले जीवनमै कुस्माको नमुना आवासिय माबिमा नै तेक्वान्दोको राम्रो खेलाडी बन्नुभएको थियो। अहिले गाउँमा आएर नियमित रुपमा प्रशिक्षण दिन पाउँदा आफुँलाई पनि गर्व महसुस भएको बताउनु भयो।

नियमित तेक्वान्दो प्रशिक्षण लिएपछि विद्यार्थीहरु अनुशासित बन्दै गएको लक्ष्मी आधारभूत विद्यालयका शिक्षक शेरबहादुर थापाले बताउनुभयो।

बिद्यार्थीहरुले पर्वत स्टार तेक्वान्दो प्रतियोगिता र जिल्ला खेलकुद बिकास समितिले सञ्चालन गरेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा पनि सहभागी भैसकेका छन।

अब जिल्ला र छिमेकी जिल्लाका प्रतियोगितामा सहभागी गराएर पदक जिताउने लक्ष्य रहेको प्रशिक्षक संगम थापाले बताउनुभयो।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...