News Portal

तपाईंको राशिफल : आज बि.स.२०७५ साल साउन ३० गते बुधवार

हिमाली संचार संवाददाता
६६६ पटक

ज्यो.प. नारायणप्रसाद दुलाल,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमि लाभ रहला । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
बौद्धिकताको विकास हुनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मिथुन मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक यात्रा हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रेमसम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । तिर्थाटनको योगछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पुनर्मिलनको योगपनि रहेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शुभकार्यको चर्चा चल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा मामिला आइलाग्नेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । समयको सही सदुपयोग नहोला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मित्र वा आफन्तको सहयोग मिल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...