News Portal

अब नेपाली भाषामै इन्टरनेट डोमेन नेम

हिमाली संचार संवाददाता
९०२ पटक

काठमाडौं – इन्टरनेटमा कुनै सामग्री हेर्नुपर्दा वा कुनै वेवसाइटमा जान पर्दा अंग्रेजी भाषामा डोमेन नेम हान्नुपर्छ । तर, चाँडै नै नेपाली भाषामा पनि इन्टरनेटको डोमेन नेम उपलब्ध हुने भएको छ ।

विश्वभर इन्टरनेटको डोमेन नेम सिस्टम (डीएनएस) व्यवस्थापन गर्ने जिम्मेवारी पाएको संस्था ‘इन्टरनेट कर्पोरेशन फर एसाइन्ड नेम्स एण्ड नम्बर्स’ (आईसीएएनएन) दक्षिण एसियामा धेरै बोलिने ९ भाषाका विभिन्न लिपीमा इन्टरनेट डोमेन नेम उपलब्ध गराउने तयारीमा जुटेको छ ।

देवनागरी, बंगाली, गुजराती, गुरमुखी, कन्नडा, मलायालम, उडिया, तामिल र तेलगु गरी नौ लिपीमा डोमेन नेम उपलब्ध गराउने तयारी गरिरहेको आइसीएएनएन इन्डियाका प्रमुख समिरन गुप्ताले बताए । नौ लिपीहरु अन्तर्गत दक्षिण एसियामा बोलिने दर्जनौं भाषाहरु पर्छन् ।

नेपाली भाषा देवनागरी लिपीअन्तर्गत पर्ने भाषा हो । देवनागरी लिपीमा नेपाली, संस्कृत, हिन्दी, भोजपुरी, मैथिली, मराठी, अवधी, पालीलगायतका भाषा पर्छन् ।

आईसीएएनएनले विश्वभर प्रचलित लिपीहरुमा सुरक्षित र स्थिर रुपले उच्चस्तरीय डोमेन नेम उपलब्ध गराउनको लागि नियमहरु बनाउने काम गरिरहेको छ ।

यसपछि अंग्रेजी भाषाको ज्ञान नभएका मानिसहरुले पनि अनलाइनमा आफ्नो भाषाको डोमेन नेमबाट इन्टनेटको प्रयोग गर्न सक्नेछन् ।

उदाहरणको लागि तपाईले कुनै वेबसाइटमा नेपाली सामग्रीहरु हेर्नको अंग्रेजी डोमेन नेम टाइप गर्नुपर्दैन । तपाई सिधै नेपालीमा डोमेन नेम टाइप गरेर वेवसाइटमा प्रवेश गर्न सक्नुहुनेछ ।

अहिलेसम्म विश्वभरका ५२ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन् र बाँकी ४८ प्रतिशतमध्ये धेरैजसो अंग्रेजी नबोल्ने मानिसहरु छन् ।

‘अंग्रेजीमा टाइप गर्न नसक्ने मानिसहरुलाई उनीहरुको आफ्नै भाषामा डोमेन नेम उपलब्ध गराएमा उनीहरुलाई पनि इन्टरनेटको पहुँचमा पुर्‍याउन सकिन्छ’ गुप्ताले भने ।

दक्षिण एसियामा बोलीने भाषाहरुमा डोमेन नेम उपलब्ध गराउनको लागि समुदायमा आधारित समर्पित प्यानलबाट नियमहरु बनाउने काम भइरहेको उनले बताए ।

नियो ब्राहृमी जेनेरेसन प्यानल नामको उक्त प्यानलमा यी भाषा बोलिने भारत, नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरका ६० भन्दा धेरै प्राविधिक विज्ञ र भाषाशास्त्रीहरु सम्मिलित छन् ।

देवनागरी, गुजराती, गुरमुखी, कन्नडा, उडिया र तेलगु गरी ६ लिपीहरुको लागि तयार प्रस्तावहरु सार्वजनिक प्रतिक्रियाको लागि तयार भइसकेको जनाइएको छ ।

यसको लागि आईसीएएनएनको वेवसाइटमा गएर कसैले पनि प्रस्तावहरुको समीक्षा गर्न र प्रतिक्रियाहरु दिन सक्ने जनाइएको छ ।
टाइम्स नाउ इन्डियाबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...